बसपार्कमा टर्मिनल भवन निर्माण

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २०, २०७९
|
|
२१ पटक हेरिएको
Shares
बसपार्कमा टर्मिनल भवन निर्माण

सारांश

  • काठमाडौँ।
  • म्याग्दी सदरमुकाम बेनीस्थित कालीपुल बसपार्कमा टर्मिनल भवन निर्माण भएको छ ।
  • सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले बेनी नगरपालिका–८ मा रहेको कालीपुल बसपार्कलाई व्यवस्थितरुपमा सञ्चालनका लागि गुरुयोजनाअनुसार टर्मिनल भवन निर्माण सम्पन्न गरेको हो ।

काठमाडौँ। म्याग्दी सदरमुकाम बेनीस्थित कालीपुल बसपार्कमा टर्मिनल भवन निर्माण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले बेनी नगरपालिका–८ मा रहेको कालीपुल बसपार्कलाई व्यवस्थितरुपमा सञ्चालनका लागि गुरुयोजनाअनुसार टर्मिनल भवन निर्माण सम्पन्न गरेको हो ।

देशका विभिन्न ठाउँका लागि छुट्ने र म्याग्दी आउने सवारी साधनलाई बिसौनीको रुपमा प्रयोग हुँदै आएको कालीपुलमा यात्रुलाई सहज सुविधाका लागि टर्मिनल भवन निर्माण गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए । भवन निर्माण सम्पन्न भएसँगै बेनी नगरपालिकाले यातायात व्यवसायीका टिकट काउण्टरलाई टर्मिनल भवनमा राख्ने तयारी थालेको छ ।

सघन सहरी तथा भवन आयोजना कार्यालय बागलुङसँग भ्याटसहित रु दुई करोड ८५ लाखमा योजना सम्झौता गरेको शुभ कन्स्ट्रक्सन काठमाडौँले भवन निर्माणको काम सम्पन्न गरेको छ । आयोजनाकी इन्जिनियर बिना साकटुले भवन निर्माण कार्य सम्पन्न भएको र केही दिनमा बेनी नगरपालिकालाई हस्तान्तरण गर्ने योजना रहेको जानकारी दिए ।

नवनिर्मित भवनमा सार्वजनिक शौचालय, बाथरुम, टिकट काउन्टर र यात्रु प्रतीक्षालयलगायतको सुविधा रहेको छ । अपाङ्गमैत्री भौतिक संरचना निर्माण गरिएको टर्मिनल भवनमा नगरले टिकट काउण्टर सञ्चालनका लागि प्रयोग गर्ने जनाएको छ । आयोजनाले भवन हस्तान्तरण गरेर नगरपालिकाको स्वामित्वमा आएमा टिकट काउण्टरको रुपमा प्रयोग गरिने नगर प्रमुख केसीले बताए ।

अहिले बसपार्क क्षेत्रमा अस्थायी पूर्वाधार र अन्य क्षेत्रमा काउण्टर राखेर सेवा दिँदै आएका यातायात व्यवसायीले टर्मिनल भवनमा मात्रै काउण्टर राख्ने भएपछि यात्रुलाई समेत सहज हुने भएको छ । सवारी साधनको बढ्दो चापलाई मध्यनजर गर्दै बसपार्कमा रहेका पुराना अव्यवस्थित संरचना हटाउँदै बसपार्कलाई व्यवस्थित र फराकिलो बनाउन लागिएको छ । विसं २०७४ मा सहरी विकास मन्त्रालयले रु २१ करोड लागत अनुमानमा बसपार्कको गुरुयोजना तयारी पारेको थियो ।

गुरुयोजनाअनुसार बसपार्कमा नगरपालिका, प्रदेश र सङ्घ सरकारको सहकार्यमा बसपार्क ढलान गर्ने, नाली निर्माण गर्नेलगायतका पूर्वाधार निर्माण भइरहेको छ । विसं २०६४ मा पर्वत र म्याग्दी जोड्ने कालीगण्डकी नदीमाथि पक्की मोटरेबल पुल निर्माण भएपछि कालीपुलमा बसपार्क सञ्चालन भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्व क्रिकेट कप्तान इमरानले लिए पाकिस्तानी प्रधानमन्त्रीको शपथ
पूर्व क्रिकेट कप्तान इमरानले लिए पाकिस्तानी प्रधानमन्त्रीको शपथ
कतिपय मानिस देश बनेन भनेर होइन देश बन्ला भनेर चिन्तित छन्: प्रधानमन्त्री
कतिपय मानिस देश बनेन भनेर होइन देश बन्ला भनेर चिन्तित छन्: प्रधानमन्त्री
श्रीमती र छोराछोरीको लाश फ्रिज र बाकसमा, आफू पंखामा झुण्डिएर आत्महत्या !
श्रीमती र छोराछोरीको लाश फ्रिज र बाकसमा, आफू पंखामा झुण्डिएर आत्महत्या !
ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, ५ जना घाइते
ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, ५ जना घाइते
क्यानडा पठाईदिन्छु भनि ठग्ने पक्राउ
क्यानडा पठाईदिन्छु भनि ठग्ने पक्राउ
तेस्रो संस्करणको पीपीएल क्रिकेट कात्तिकमा
तेस्रो संस्करणको पीपीएल क्रिकेट कात्तिकमा
यस्तो बन्दैछ एकीकृत कम्युनिष्ट पार्टी, आयो राजनीतिक प्रतिवेदन
यस्तो बन्दैछ एकीकृत कम्युनिष्ट पार्टी, आयो राजनीतिक प्रतिवेदन
हराएका महिला तथा बालबालिकाको उद्धार प्रयास
हराएका महिला तथा बालबालिकाको उद्धार प्रयास
लेकसाइडलाई २४ सै घण्टा खुलाउने, रेष्टुरेण्ट व्यवसायी उत्साही, होटल व्यवसायी चुप
लेकसाइडलाई २४ सै घण्टा खुलाउने, रेष्टुरेण्ट व्यवसायी उत्साही, होटल व्यवसायी चुप
निर्मला बलात्कार-हत्याकाण्ड : निलम्बनमा परेका प्रहरीमाथि छानबिन गर्न यस्तो बन्यो विज्ञ समुह

तपाईंले छुटाउनुभयो कि?