पिएसजी छोडेर नेयमार कतै जाँदैनन्ः यूनी इम्री

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ५, २०७५
|
|
१८ पटक हेरिएको
Shares
पिएसजी छोडेर नेयमार कतै जाँदैनन्ः यूनी इम्री

सारांश

  • काठमाडौं, ५ वैशाख ।
  •   पेरिस सेन्ट जर्मेन (पिएसजी)का प्रशिक्षक युनी इम्रीले स्टार स्ट्राइकर नेयमार पिएसजीमै रहने बताएका छन् ।
  •   नेयमार स्पेनिस क्लब रियल मड्रिड र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड जान सक्ने चर्चा भइरहेका बेला इम्रीले नेयमार पिएसजीमै रहने विश्वास व्यक्त गरेका  हुन् ।

काठमाडौं, ५ वैशाख ।  पेरिस सेन्ट जर्मेन (पिएसजी)का प्रशिक्षक युनी इम्रीले स्टार स्ट्राइकर नेयमार पिएसजीमै रहने बताएका छन् ।  नेयमार स्पेनिस क्लब रियल मड्रिड र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड जान सक्ने चर्चा भइरहेका बेला इम्रीले नेयमार पिएसजीमै रहने विश्वास व्यक्त गरेका  हुन् ।

 

रियलले अर्को सिजन ब्राजिलियन सुपर स्टारलाई भित्राउने योजनामा रहेको पटक पटक सञ्चारमाध्यमले उल्लेख गरेका छन् । रियलसँगै च्याम्पियन्स लिगको अन्तिम १६ खेलमा पराजित भएपछि बार्सिलोनाका पूर्व स्टार नेयमार रियल जाने सम्भावनाले थप चर्चा पाएको थियो ।

‘नेयमार पेरिसमै रहनेछन् । उनी यहाँ खुसी छन् । उनले अन्य क्लबले भित्र्याउन खोज्नु सामान्य कुरा हो,’ इम्रीले भनेका छन् ।  चालु सिजनमा बार्सिलोनाबाट किर्तिमानी मूल्यमा पिएसजी गएका उनले ३० खेलमा २८ गोल गरेका छन् । लिग वानमा मात्र उनले २० खेलबाट २० गोल गरेका थिए । तर फेब्रुअरी २५ मा मार्सेली विरुद्धको खेलमा खुट्टामा चोट बोक्न पुगेका उनी उपचारका क्रममा रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?