सिक्टा सिचाई आयोजना भ्रष्टाचारमा जेल परेका पूर्वमन्त्री धरौटीमा रिहा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ३, २०७५
|
|
१९ पटक हेरिएको
Shares
सिक्टा सिचाई आयोजना भ्रष्टाचारमा जेल परेका पूर्वमन्त्री धरौटीमा रिहा

सारांश

  • पूर्वमन्त्री विक्रम पाण्डे ४ करोड रुपैयाँ धरौटीमा रिहा भएका छन् ।
  • बुधबार विशेष अदालतले थुनछेक बहसपछि पाण्डेलाई धरौटी रिहा गरेको हो ।
  • अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायधीशद्वय चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको संयुक्त इजलासले पाण्डेलाई ४ करोड धरौटीमा रिहा गरेको छ ।

पूर्वमन्त्री विक्रम पाण्डे ४ करोड रुपैयाँ धरौटीमा रिहा भएका छन् । बुधबार विशेष अदालतले थुनछेक बहसपछि पाण्डेलाई धरौटी रिहा गरेको हो ।

अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायधीशद्वय चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको संयुक्त इजलासले पाण्डेलाई ४ करोड धरौटीमा रिहा गरेको छ । सिक्टा सिँचाई आयोजनामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा पाण्डे ४ करोड धरौटी बुझाएर रिहा भएका हुन।

पाण्डेलाई विशेष अदालतले १५ दिनभित्रै अदालतमा उपस्थित हुन भनेको थियो । उनी तोकिएको समयमै अदालतमा उपस्थित भएका हुन् । अख्तियारले पाण्डेविरुद्ध दुई वर्ष कैद सजाय माग गर्दै विशेष अदालतमा केही समयअघि भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आयोगले पाण्डेसँग दुई अर्ब १३ करोड ७६ लाख ८० हजार विगो माग गरेको थियो ।

Comments

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?