देशका १२१ स्थानीय तहको प्रमुखमा एमालेका उम्मेदवार विजयी

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ४, २०७९
|
|
१७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • स्थानीय तह निर्वाचनको मतगणना सकिएका स्थानीय तहमध्ये १२१ वटाको प्रमुख तथा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।
  • हालसम्म अन्तिम मतपरिणाम सार्वजनिक भएका स्थानीय तहमध्ये दोस्रो ठूलो संख्यामा एमालेका उम्मेदवार प्रमुख तथा अध्यक्ष पदमा विजयी बनेका छन्।

काठमाडौं। स्थानीय तह निर्वाचनको मतगणना सकिएका स्थानीय तहमध्ये १२१ वटाको प्रमुख तथा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। हालसम्म अन्तिम मतपरिणाम सार्वजनिक भएका स्थानीय तहमध्ये दोस्रो ठूलो संख्यामा एमालेका उम्मेदवार प्रमुख तथा अध्यक्ष पदमा विजयी बनेका छन्।

मतगणना सकिएका सबैभन्दा बढी २०१ स्थानीय तहको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनिसकेका छन्। गत वैशाख ३० गते देशका ७५३ वटै स्थानीय तहमा एकसाथ निर्वाचन भएको थियो।

हाल मतगणना भइरहेकामध्ये ७२ स्थानीय तहको प्रमुख तथा अध्यक्षमा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन्। मतगणना सकिएका स्थानीय तहमध्ये हालसम्म १२४ को उपप्रमुख तथा उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भइसकेका छन् । हाल मतगणना भइरहेकामध्ये १११ वटा स्थानीय तहको उपप्रमुख तथा उपाध्यक्षमा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?