राजीव ढुंगाना बने नेविसंघ अध्यक्ष, महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवर

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १६, २०७६
|
|
२३ पटक हेरिएको
Shares
राजीव ढुंगाना बने नेविसंघ अध्यक्ष, महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवर

सारांश

  • काठमाडौं, १६ माघ ।
  • नेपाल विद्यार्थी संघको अध्यक्षमा राजीव ढुंगाना चयन भएका छन् ।
  • नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ढुंगानाको अध्यक्षतामा आज तदर्थ समिति गठन गरेका हुन् ।

काठमाडौं, १६ माघ । नेपाल विद्यार्थी संघको अध्यक्षमा राजीव ढुंगाना चयन भएका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ढुंगानाको अध्यक्षतामा आज तदर्थ समिति गठन गरेका हुन् ।

काँग्रेस केन्द्रीय कार्यालयद्धारा मुख्यसचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा नेविसंघको तदर्थ समितिको अध्यक्षमा राजीव ढुंगाना र महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवर बनाइएका हुन् । तदर्थ समितिलाई छ महिनाभित्र नेविसंघको १२ औं महाधिवेशनको जिम्मेवारी दिइएको छ । अबको छ महिनाभित्र नेविसंघको महाधिवेशन गर्नुपर्ने उल्लेख छ । २९ माघ २०७५ सम्म ३२ वर्ष नकटेकाले मात्र नेविसंघको आगामी १२ औं महाधिवेशनमा भाग लिन पाउने विज्ञप्तिमा उल्लेख छ ।यसअघि नैनसिंह महरले अध्यक्ष पदबाट राजीनामा दिएपछि नेविसंघ नेतृत्वविहिन थियो । मातृ दल नेपाली काँग्रेसमा लामो छलफलपछि तदर्थ समित गठन सम्भव भएको हो ।नेविसंघको तदर्थ समितिमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले आफू निकटस्थलाई तदर्थ समितिको पदाधिकारीमा राख्न सफल भएका हुन् । तदर्थ समितिले छ महिनाभित्र नेविसंघको १२ औं महाधिवेशन गर्ने जिम्मेवारी पाएको छ ।

४८ वर्षीय राजीव ढुंगाना प्रदीप पौडेल नेविसंघ अध्यक्ष हुँदा उपाध्यक्ष थिए । मनोज वैद्य पशुपति क्याम्पसका पूर्व स्ववियु सभापति र महेश्वरी कुँवर पद्यमकन्या क्याम्पसकी पूर्व स्ववियु सभापति हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्यकर्मीमाथि नागढुंगामा दुर्व्यवहार गर्दै भिडियो बनाउने पक्राउ
स्वास्थ्यकर्मीमाथि नागढुंगामा दुर्व्यवहार गर्दै भिडियो बनाउने पक्राउ
एकसिङ्गे गैँडा नेपालको अमूल्य सम्पत्ति हो : प्रधानमन्त्री
एकसिङ्गे गैँडा नेपालको अमूल्य सम्पत्ति हो : प्रधानमन्त्री
चिया पिउनुअघि पानी पिउनु ठिक हो ?
चिया पिउनुअघि पानी पिउनु ठिक हो ?
भक्तपुरमा क्वारेन्टिनमा बसेका ८ कोरोना संक्रमित कुवेतबाट फर्किएका
भक्तपुरमा क्वारेन्टिनमा बसेका ८ कोरोना संक्रमित कुवेतबाट फर्किएका
उत्तर कोरियाद्वारा आणविक क्षमता बढाउन ‘महत्त्वपूर्ण परीक्षण’
उत्तर कोरियाद्वारा आणविक क्षमता बढाउन ‘महत्त्वपूर्ण परीक्षण’
देउवा सरकारलाई समर्थन गर्ने भयो उपेन्द्र यादव नेतृत्वको फोरमले
देउवा सरकारलाई समर्थन गर्ने भयो उपेन्द्र यादव नेतृत्वको फोरमले
सन्दीपको पहिलो खेलमा पहिलो विकेट यस्तो थियो
सन्दीपको पहिलो खेलमा पहिलो विकेट यस्तो थियो
कांग्रेस नेता पौडेल र सिटौलाबीच खटपट
कांग्रेस नेता पौडेल र सिटौलाबीच खटपट
यी हुन् चितवनमा बस दुर्घटनाका घाइते तथा मृतकहरू
यी हुन् चितवनमा बस दुर्घटनाका घाइते तथा मृतकहरू
ओली प्रधानमन्त्रीमा नियुक्त हुँदा राष्ट्रपति कार्यालयको त्रुटी छताछुल्ल
ओली प्रधानमन्त्रीमा नियुक्त हुँदा राष्ट्रपति कार्यालयको त्रुटी छताछुल्ल

तपाईंले छुटाउनुभयो कि?