मिटरब्याजी समस्या समाधान हुने भन्दै पीडितलाई आफ्नो ठाउँमा फर्कन सरकारको आग्रह

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २२, २०७९
|
|
२२ पटक हेरिएको
Shares
मिटरब्याजी समस्या समाधान हुने भन्दै पीडितलाई आफ्नो ठाउँमा फर्कन सरकारको आग्रह

सारांश

  • काठमाडौं।
  • सरकारले मिटरब्याजी समस्या समाधान हुने भन्दै आफ्नो ठाउँमा फर्कन मिटरब्याज पीडितलाई आग्रह गरेको छ।
  • मंगलबार सिंहदरबारमा मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले सरकारले तत्काल समस्या समाधान गर्न जाँचबुझ आयोग गठन गरेको र यसको कार्यालय जनकपुरमा नै राख्ने निर्णय गरिसकेकाले आफ्नो ठाउँमा फर्कन मिटरब्याज पीडितलाई आग्रह गरेकी हुन्।

काठमाडौं। सरकारले मिटरब्याजी समस्या समाधान हुने भन्दै आफ्नो ठाउँमा फर्कन मिटरब्याज पीडितलाई आग्रह गरेको छ।

मंगलबार सिंहदरबारमा मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले सरकारले तत्काल समस्या समाधान गर्न जाँचबुझ आयोग गठन गरेको र यसको कार्यालय जनकपुरमा नै राख्ने निर्णय गरिसकेकाले आफ्नो ठाउँमा फर्कन मिटरब्याज पीडितलाई आग्रह गरेकी हुन्।

प्रवक्ता शर्माले सरकारले गठन गरेको आयोगमार्फत मिटरब्याज पीडितको समस्या सधैका लागि समाधान हुने बताइन्।

आयोगले सवै मिटरव्याजी समस्याको समाधान गर्ने सरकारको विश्वास रहेको उनले बताइन्। प्रवक्ता शर्माले दलहरुसंग छलफल गरि छिटै मन्त्रीपरिषद्ले पूर्णता पाउने जानकारी दिइन्।

उनले सरकारको १०० दिनमा धेरै उपलव्धी भएको भन्दै आगामी दिनमा थप प्रभावकारी काम गर्ने जिकिर गरिन्

त्यस्तै मन्त्रीपरिषद्का निर्णयबारे जानकारी दिदै प्रवक्ता शर्माले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण पहिलो संशोधन नियमावलीलाई स्वीकृत गरिएको, शान्ति सुरक्षासम्बन्धी कार्यमा हुने खर्चको मापदण्ड खारेज गर्ने, सवारी तथा यातायात ऐन २०४९ को अनुसूचि २ मा हेरफेर गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिइन्।

बैठकले मन्त्रीपरिषद्का बिभिन्न समिति गठन गर्ने र मन्त्रीपरिषद् बिधेयक समितिबाट पेश भएको मेलम्ची खानेपानी बिकास समिति गठन आदेश स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?