कालिका कन्स्ट्रक्सनका प्रमुख विक्रम पाण्डे विरूद्ध मुद्दा दर्ता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २१, २०७५
|
|
३६ पटक हेरिएको
Shares
कालिका कन्स्ट्रक्सनका प्रमुख विक्रम पाण्डे विरूद्ध मुद्दा दर्ता

सारांश

  • काठमाडौं,  २१ मंसिर।
  •   बाँकेको सिक्टा सिंचाई आयोजनामा भएको अनियमितता मुद्दामा पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
  • आयोगले शुक्रबार पूर्वमन्त्रीसमेत रहेका कालिका कन्स्ट्रक्सनका प्रमुख पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

काठमाडौं,  २१ मंसिर।  बाँकेको सिक्टा सिंचाई आयोजनामा भएको अनियमितता मुद्दामा पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले शुक्रबार पूर्वमन्त्रीसमेत रहेका कालिका कन्स्ट्रक्सनका प्रमुख पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता रामेश्वर दंगालका अनुसार पाण्डेसहित कन्सल्टेन्ट उद्धवराज चौलागाई, चार आयोजना प्रमुख रमेश बस्नेत, दीलिपबहादुर कार्की, सरोजचन्द्र पण्डित र सर्वदेव प्रसादलगायत २१ जनाविरुद्ध मुद्दा दायर भएको हो । कालिका कन्स्ट्रक्सले बनाएको सिक्टा सिंचाई आयोजना अन्तर्गतको नहर परीक्षणक्रममा भत्किएको थियो । मन्त्री पाण्डेविरुद्ध अख्तियारले दुई अर्ब १३ करोड ७६ लाख ७९ हजार ९ सय २० रुपैयाँ बिगो दाबी गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?