आगलागीमा जलेका घर नगरपालिकाले बनाइदिने

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १०, २०७५
|
|
३७ पटक हेरिएको
Shares

सारांश

  • बलेवा, १० मङ्सिर , बागलुङको ढोरपाटन नगरपालिका–९ मा आइतबार बिहान भएको आगालागीका कारण जलेका घरको पुनःनिर्माणका लागि ढोरपाटन नगरपालिकाले सहयोग गर्ने भएको छ ।
  • आगलागीका कारण जलेका ३० घरका ४८ परिवारको लागि नगरपालिकाले नयाँ घर बनाउन रु ४८ लाख सहयोग गर्ने भएको हो ।
  • आगलागी भएको खबर पाएसँगै तत्काल पोखराबाट हेली मगाई बुर्तिवाङ हुँदै ढोरपाटन पुग्नुभएका नगर प्रमुख देवकुमार नेपालीसहितको टोलीले घटनास्थलको प्रत्यक्ष अवलोकन गरी पीडितलाई घर बनाइदिने प्रतिबद्धता जनाएको हो ।

बलेवा, १० मङ्सिर , बागलुङको ढोरपाटन नगरपालिका–९ मा आइतबार बिहान भएको आगालागीका कारण जलेका घरको पुनःनिर्माणका लागि ढोरपाटन नगरपालिकाले सहयोग गर्ने भएको छ ।

आगलागीका कारण जलेका ३० घरका ४८ परिवारको लागि नगरपालिकाले नयाँ घर बनाउन रु ४८ लाख सहयोग गर्ने भएको हो । आगलागी भएको खबर पाएसँगै तत्काल पोखराबाट हेली मगाई बुर्तिवाङ हुँदै ढोरपाटन पुग्नुभएका नगर प्रमुख देवकुमार नेपालीसहितको टोलीले घटनास्थलको प्रत्यक्ष अवलोकन गरी पीडितलाई घर बनाइदिने प्रतिबद्धता जनाएको हो ।

घटनास्थलको अनुगमन निरीक्षण तथा पीडितको गुनासो सुनेपछि नगरप्रमुख नेपालीले नगरको विपत् व्यवस्थापन कोषबाट त्यहाँका आगलागी पीडितको घर निर्माण गर्न भन्दै प्रतिपरिवार रु एक लाखका दरले ४८ लाख नगरपालिकाबाट उपलब्ध गराउने बताउनुभएको हो ।

उहाँले घरको छाना छाउने जस्तापाताका लागि आफ्नो व्यक्तिगत सहयोग हुने प्रतिबद्धता जनाउनुभयो । नगर प्रमुखको प्रतिबद्धतापछि त्यहाँका आगलागी पीडित खुशी भएका छन् । नगरप्रमुख नेपालीले तत्काल त्यस स्थानमा नगरपालिकाका तर्फबाट इञ्जिनीयर पठाएर सबैको एकैखालको भूकम्प प्रतिरोधी एक÷एक तले, दुई कोठे शौचालयसहितको एकै प्रकारको घर निर्माण गरिने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

असोज १३ गते सोमबारको राशिफल यस्तो छ
कोरोनाको कारण महरा पत्नी सीताको नर्भिक अस्पतालमा निधन
कोरोनाको कारण महरा पत्नी सीताको नर्भिक अस्पतालमा निधन
बामदेव गौतमलाई अर्को ढोका बन्द
बामदेव गौतमलाई अर्को ढोका बन्द
मृत्युको मुखमा ५ बर्षिय बालक! क्यान्सर पीडित साइरस श्रेष्ठको जीवन रक्षाको लागि अपिल
मृत्युको मुखमा ५ बर्षिय बालक! क्यान्सर पीडित साइरस श्रेष्ठको जीवन रक्षाको लागि अपिल
इस्लामिक स्टेटका नेता बगदादीको भिडियो सार्वजनिक, इराकमा हारेको बदला श्रीलंकाबाट लिएको दाबी
इस्लामिक स्टेटका नेता बगदादीको भिडियो सार्वजनिक, इराकमा हारेको बदला श्रीलंकाबाट लिएको दाबी
स्व.सुवासचन्द्र नेम्वाङलाई पार्टीका नेताहरुद्वारा श्रद्धाञ्जली अपर्ण  (फोटोफिचर)
स्व.सुवासचन्द्र नेम्वाङलाई पार्टीका नेताहरुद्वारा श्रद्धाञ्जली अपर्ण (फोटोफिचर)
चक्रपथ विस्तारका लागि राजधानीमा विद्युत् कटौती
चक्रपथ विस्तारका लागि राजधानीमा विद्युत् कटौती
कुलमानको कमाल : एकै वर्षमा प्राधिकरणको घाटा ६ अर्बले घट्यो
कुलमानको कमाल : एकै वर्षमा प्राधिकरणको घाटा ६ अर्बले घट्यो
कात्तिक २१ गते विहिबारको राशिफल यस्तो छ
१० वर्षपछि फर्कियो खोलोः नारायण वाग्ले फेरि कान्तिपुरमा
१० वर्षपछि फर्कियो खोलोः नारायण वाग्ले फेरि कान्तिपुरमा