राजपाले आज के–के निर्णय गर्दैछ ? बैठक समापन हुँदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २४, २०७४
|
|
३० पटक हेरिएको
Shares
राजपाले आज के–के निर्णय गर्दैछ ? बैठक समापन हुँदै

सारांश

  • काठमाडौं, २४ साउन ।
  • राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय कार्यसमितिको बैठक विभिन्न निर्णयहरू गर्दै आज सक्किने भएको छ ।
  • बबरमहलस्थित कार्की पार्टी ब्याङ्केटमा दुई दिनदेखि जारी केन्द्रीय कार्यसमितिले संविधान संशोधनका लागि सरकारलाई अल्टिमेटम दिने तयारी गरेको छ ।

काठमाडौं, २४ साउन । राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय कार्यसमितिको बैठक विभिन्न निर्णयहरू गर्दै आज सक्किने भएको छ ।

बबरमहलस्थित कार्की पार्टी ब्याङ्केटमा दुई दिनदेखि जारी केन्द्रीय कार्यसमितिले संविधान संशोधनका लागि सरकारलाई अल्टिमेटम दिने तयारी गरेको छ ।

महासचिव मनीषकुमार सुमनले संविधान संशोधनबिना निर्वाचनमा जाने अवस्था नरहेकाले संशोधनका लागि दवाव दिन सरकारलाई अल्टिमेटम दिने विषयमा पनि छलफल भइरहेको जानकारी दिनुभयो ।

त्यसैगरी केन्द्रीय समिति बैठकमा झापादेखि कञ्चनपुर जिल्लासम्म प्रत्येक जिल्लामा सभा गर्ने गरी मधेस एकता अभियान चलाउने विषयमा पनि छलफल भइरहेको छ ।

सो प्रस्ताव महासचिव सुमनले बैठकमा प्रस्ताव गर्नु भएको हो । मधेसका सबै जिल्लाहरूमा कार्यक्रम गर्ने सो प्रस्तावमा केन्द्रीय सदस्यहरू सकारात्मक रहेको बताइएको छ ।

बैठकले अन्तर्राष्ट्रिय सम्बन्ध, आन्दोलन, संगठन, भावी दिनमा सरकारसँगको सम्बन्ध र अन्य विविध विषयमा पनि एउटा धारणा बनाएर निर्णय गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?