मुग्लिन–नारायण सडक खुल्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०७४
|
|
२३ पटक हेरिएको
Shares
मुग्लिन–नारायण सडक खुल्यो

सारांश

  • चितवन, माघ १७ ।
  • चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत घुमाउनेमा भित्तो काट्ने क्रममा भेटिएको जोखिमयुक्त चट्टान ढुंगोका कारण रोकिएका सवारी मंगलबार राति ८ बजेबाट पुनः सञ्चालनमा आएका छन् ।
  • आज यहाँ तोकिएभन्दा चार घण्टा बढी यातायात प्रभावित भएको छ ।

चितवन, माघ १७ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत घुमाउनेमा भित्तो काट्ने क्रममा भेटिएको जोखिमयुक्त चट्टान ढुंगोका कारण रोकिएका सवारी मंगलबार राति ८ बजेबाट पुनः सञ्चालनमा आएका छन् ।

आज यहाँ तोकिएभन्दा चार घण्टा बढी यातायात प्रभावित भएको छ । बिहान १० बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर भित्तो काट्ने काम शुरु गरिएपनि घुमाउनेमा जोखिमयुक्त चट्टान भेटिएकाले ४ बजे नै खुल्नुपर्ने सडक राति ८ बजेमात्रै सञ्चालनमा आएको छ । चट्टान पन्छाउन समय लागेकाले चार घण्टा ढिला गरी सवारी सञचालनमा आएको चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले बताए ।

आज बिहान १० बजेदेखि नै रोकिएका सवारी साधन १० घण्टापछि गन्तव्यतर्फ प्रस्थान गरेका छन् । तर हजारौँ सवारी सडकमा रहेकाले यातायात आवागमन भने प्रभावित भएको छ । यातायात सहज हुन रातभर नै लाग्ने अनुमान छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?