कपन क्षेत्रको डुबान समस्या समाधानका लागि अध्ययन हुँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ४, २०८०
|
|
३२ पटक हेरिएको
Shares
कपन क्षेत्रको डुबान समस्या समाधानका लागि अध्ययन हुँदै

सारांश

  • काठमाडौं ।
  • कपन क्षेत्रमा बर्षाको समयमा हुने डुबानको समस्या समाधानका लागि अध्ययन शुरु भएको छ ।
  • काठमाडौँ उपत्यका विकास प्राधिकरणले धोबीखोला करिडोर आयोजनालाई धोबीखोला करिडोर तथा कपन बुढानिलकण्ठ डुबान नियन्त्रण आयोजना नामाकरण गरेर सोही आयोजनामार्फत अध्ययन अघि बढाएको हो ।

काठमाडौं । कपन क्षेत्रमा बर्षाको समयमा हुने डुबानको समस्या समाधानका लागि अध्ययन शुरु भएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले धोबीखोला करिडोर आयोजनालाई धोबीखोला करिडोर तथा कपन बुढानिलकण्ठ डुबान नियन्त्रण आयोजना नामाकरण गरेर सोही आयोजनामार्फत अध्ययन अघि बढाएको हो ।

कपन क्षेत्रमा डु्बानको समस्या रहेकामा समाधान र व्यवस्थापनका लागि के गर्न सकिन्छ भनेर अध्ययन भइरहेको आयोजनाका इञ्जिनियर सज्जन कुँवरले जानकारी दिए । उनले भने, ‘नामाकरण भएर परामर्शदातामार्फत अध्ययन शुरु भइसकेको छ अध्ययनको निष्कर्षका आधारमा आबश्यक संरचना बनाउनुपर्ने छ ।’ त्यस क्षेत्रमा डुबानका कारण ढलको क्षमता नपुगेर हो भने त्यसको समाधान गरिने इञ्जिनियर कुँवरले बताए ।

‘रिचार्ज वेल’, ‘रेन वाटर हारवेष्ट’ लगायत कुन उपाय अवलम्वन गरेर डुबान न्यूनिकरण हुनसक्छ त्यो गरिने उनको भनाइ छ । उनले भने, ‘आवश्यक हुँदा सडक निर्माण पनि हुनसक्छ ।’ कपन–बुढानिलकण्ठ क्षेत्रमा अध्ययन शुरु भएपनि आवश्यक निर्माणको काम आगामी आवमा मात्रै हुने आयोजनाले जनाएको छ । ‘चालु आवमा निर्माणका लागि बजेट बिनियोजन भइसकेको छैन । गत असोज महिनामा निर्णय भएपछि अहिले अध्ययन अघि बढाइएको हो ।’ आगामी आर्थिक वर्षमा बजेट बिनियोजन भएपछि काम सुरु हुने उनको भनाइ छ ।

शङ्खमुलको दोभानबाट कपनसम्म धोबीखोलाको दुवैतर्फ करिडोर निर्माण गर्ने गरी शुरु भएको आयोजनाको कार्यक्षेत्र बिस्तार गरिएको हो । करिडोर निर्माण सकिँदै गर्दा कपन क्षेत्रको डुबानको समस्या समाधानको काम सोही आयोजनामार्फत अघि बढाउन लागिएको हो । उपत्यकाको मुख्य सडकको सवारी चाप व्यवस्थापन गर्ने उद्देश्ययले काठमाडौँ महानगरपालिकाले २०५९ साल वैशाखमा धोबीखोला करिडोरको निर्माण शुरु गरेको थियो ।

विसं २०६४ पुसदेखि प्राधिकरण (तत्कालिन काठमाडौँ उपत्यका नगर विकास समिति) ले निर्माण गर्दै आइरहेको छ । शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीहरुले सो करिडोरका विषयमा चासो देखाएर स्थलगत निरीक्षण गर्दै आउनुभएको छ । पहिले झण्डै २४ किमी सडक निर्माण गर्ने गरी योजना शुरु भएपनि पछिल्लो समयमा कार्यक्षेत्र बिस्तार गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नरेन्द्र मोदीको स्वागतका लागि बनाइएका स्वागतद्वार ढल्याे ! रेडियो  बन्द
नरेन्द्र मोदीको स्वागतका लागि बनाइएका स्वागतद्वार ढल्याे ! रेडियो बन्द
वन कार्यालयकाे पक्की भवन निर्माण
वन कार्यालयकाे पक्की भवन निर्माण
पुर्व उर्जा मन्त्रीकाे नारा पछाडि याे वाक्य थपे अहिलेका उर्जा मन्त्रीले !
भक्तपुरमा आजदेखि सवारी लाइसेन्स वितरण सेवा
भक्तपुरमा आजदेखि सवारी लाइसेन्स वितरण सेवा
‘गुन्डा नाइके’ दावाले पाए नयाँ जिम्मेवारी, बिरोध गर्नेलाई यस्तो धम्की
‘गुन्डा नाइके’ दावाले पाए नयाँ जिम्मेवारी, बिरोध गर्नेलाई यस्तो धम्की
बेलायती प्रधानमन्त्रीद्वारा पार्टीबाट राजीनामा
बेलायती प्रधानमन्त्रीद्वारा पार्टीबाट राजीनामा
सानेपा हत्याकाण्डः पोस्टमार्टम रिपोर्टमा के छ ?
सानेपा हत्याकाण्डः पोस्टमार्टम रिपोर्टमा के छ ?
साथीको श्रीमतीसँग सम्बन्ध, पोल खुलेपछि साथीकै हत्या
साथीको श्रीमतीसँग सम्बन्ध, पोल खुलेपछि साथीकै हत्या
एनआरएनए पदाधिकारी र राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिबीच भेटवार्ता
एनआरएनए पदाधिकारी र राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिबीच भेटवार्ता
१४ किलो सुन प्रकरण : भन्सारका कर्मचारीमाथि अख्तियारले थप छानबिन गर्दै
१४ किलो सुन प्रकरण : भन्सारका कर्मचारीमाथि अख्तियारले थप छानबिन गर्दै

तपाईंले छुटाउनुभयो कि?