भारत-चीन सैन्य वार्ताः रचनात्मक र फलदायी छलफल भएको दुबै देशको भनाइ

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ४, २०७९
|
|
३४ पटक हेरिएको
Shares
भारत-चीन सैन्य वार्ताः रचनात्मक र फलदायी छलफल भएको दुबै देशको भनाइ

सारांश

  • नयाँ दिल्ली।
  • भारत र चीनले सोमबार आइतबार आयोजित १६औँ चरणको कोर्प्स कमाण्डर-स्तरीय बैठक रचनात्मक रुपमा सम्पन्न भएको जनाएको छ।
  • वार्ताले पूर्वी लद्दाखमा बाँकी रहेका मुद्दाहरूको समाधान र शान्ति पुनस्र्थापना गर्न सहयोग गर्ने दुबै देशले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ।

नयाँ दिल्ली। भारत र चीनले सोमबार आइतबार आयोजित १६औँ चरणको कोर्प्स कमाण्डर-स्तरीय बैठक रचनात्मक रुपमा सम्पन्न भएको जनाएको छ। वार्ताले पूर्वी लद्दाखमा बाँकी रहेका मुद्दाहरूको समाधान र शान्ति पुनस्र्थापना गर्न सहयोग गर्ने दुबै देशले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ।

दुबै पक्षले निकट भविष्यमा सकारात्मक नतिजाको अपेक्षा गरेका छन्। दबै पक्षहरू निकट सम्पर्कमा रहन र सैन्य तथा कूटनीतिक च्यानलमार्फत वार्ता गर्न सहमत भएका छन्। त्यस्तै, बाँकी मुद्दाहरूको चाँडो भन्दा चाँडो पारस्परिक रूपमा स्वीकार्य हुने गरी समाधान गर्न दुबै पक्ष सहमत भएका भारत–चीन संयुक्त विज्ञप्तिमा भनिएको छ।

दुवै पक्ष पश्चिमी क्षेत्रमा सुरक्षा र स्थायित्व कायम गर्न सहमत भएका छन्। भारत–चीन कोर्प्स कमाण्डर स्तरको १६औं चरणको बैठक भारततर्फको चुसुल-मोल्डो सीमा बैठक बिन्दुमा सम्पन्न भएको थियो । बैठकमा दुबै पक्षबीच खुलेर विचार आदानप्रदान भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?