‘गुन्डा नाइके’ दावाले पाए नयाँ जिम्मेवारी, बिरोध गर्नेलाई यस्तो धम्की

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ५, २०७४
|
|
१७ पटक हेरिएको
Shares
‘गुन्डा नाइके’ दावाले पाए नयाँ जिम्मेवारी, बिरोध गर्नेलाई यस्तो धम्की

सारांश

  • बनेपा, ५ फागुन ।
  • धम्की, अपहरण, हत्या, जबरजस्ती पैसा असुली जस्ता घटनामा संलग्न रहेको भन्दै प्रहरीको निगरानीमा रहेका ‘गुन्डा नाइके’ दावा लामा नेपाल तरुण दल काभ्रेको जिल्ला अध्यक्षमा नियुक्त भएका छन् ।
  • हत्या अभियोगसहित विभिन्न अपराधमा सजाय भोगी सकेका दावालाई नेपाली कांग्रेसले तरुण दलको जिम्मेवारी दिएको हो ।

बनेपा, ५ फागुन । धम्की, अपहरण, हत्या, जबरजस्ती पैसा असुली जस्ता घटनामा संलग्न रहेको भन्दै प्रहरीको निगरानीमा रहेका ‘गुन्डा नाइके’ दावा लामा नेपाल तरुण दल काभ्रेको जिल्ला अध्यक्षमा नियुक्त भएका छन् ।

हत्या अभियोगसहित विभिन्न अपराधमा सजाय भोगी सकेका दावालाई नेपाली कांग्रेसले तरुण दलको जिम्मेवारी दिएको हो । केही महिना अगाडि तरुण दल काभ्रेको अध्यक्षमा नियुक्त भएका दावालाई सामाजिक सञ्जाल फेसबुकमा बधाई आउने क्रम जारी छ ।

दावालाई प्रहरीले राजधानीमा गैरकानूनी कार्य गरेको भन्दै दर्जनौ पटक पक्राउ गरेर छाडेको थियो । दावालाई कांग्रेस काभ्रेका नेता तीर्थ लामाले संरक्षण दिँदै आएका छन् । दावालाई संरक्षण गर्नेमा महेश खरेल पनि देखिएका छन् । खरेल तरुण दलका नेता हुन् ।

दावाका गलत काम र राजनीतिक संरक्षण दिँदै आएका तीर्थ र खरेलकै दवावमा तरुण दलको जिम्मेवारी दिइएको हो ।

राम्रो छवि नभएका दालालाई तरुण दलको अध्यक्षको जिम्मेवारी दिएपछि काभ्रे कांग्रेसभित्र बबण्डर भएको छ । दावालाई तरुण दलको अध्यक्षबाट हटाउन दवाव उठेको छ ।

यद्यपि, दावा लामाले आफूलाई कसले तरुण दलको अध्यक्ष पदबाट नहटाउन भनेर धम्की दिएको काभ्रे कांग्रेसका एक नेताले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?