नरेन्द्र मोदीको स्वागतका लागि बनाइएका स्वागतद्वार ढल्याे ! रेडियो बन्द
सारांश
- महोत्तरी, २६ वैशाख ।
- धनुषा र महोत्तरीमा बुधबार बिहान आएको हावाहुरीले क्षति पुर्याएको छ ।
- हुरीले किसानको फलफूल तथा तरकारी खेतीमा क्षति पुर्याएको छ भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि बनाइएका स्वागतद्वार ढालिदिएको छ ।
महोत्तरी, २६ वैशाख । धनुषा र महोत्तरीमा बुधबार बिहान आएको हावाहुरीले क्षति पुर्याएको छ । हुरीले किसानको फलफूल तथा तरकारी खेतीमा क्षति पुर्याएको छ भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि बनाइएका स्वागतद्वार ढालिदिएको छ ।
मोदीको स्वागतका निम्ति जनकपुर क्षेत्रमा बनाइएका स्वागतद्वारहरु आँधी र हुरीले ढालिदिएका हुन् । मिहिनेतपूर्वक राम–जानकी मन्दिर र त्यहाँ आउने सडकका विभिन्न भागमा ठड्याइएका प्रवेशद्वार बुधबार बिहान साढे ३ बजेतिर आएको हावा–हुरीले ढालिदिएको हो ।
हावाहुरीसँगै आएको पानीले रगभूमि मैदानमा पानी जमेको छ । यसले भ्रमण तयारीमा केही असुविधा पुग्ने ठानिएको छ । धनुषासँगै महोत्तरीमा आएको हावाहुरीले आँपमा क्षति पुर्याएको छ । हावाहुरीले चिचिला आँप झारिदिँदा किसान चिन्तित बनेका छन् ।
यसैबीच, हावाहुरीले महोत्तरीको बर्दिबासमा लगाइएको सप्ताहको टेन्टसमेत भत्काइदिएको छ । टेन्टभित्र रहेका ५ जनाले भने भागेर ज्यान बचाएको प्रहरीले जनाएको छ ।महोत्तरीमा धेरैको घरको छानो उडाएको र रुख ढालिदिएको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ ।
हुरीले बर्दिवासमा रहेको रेडियो सुनगाभाको सोलार प्यानल उडाएपछि प्रसारण प्रभावित भएको छ
Mongol Gunjan
अनिस्ठको संकेत भयो मोदी न आइज नेपाल।
Om Sagar Shrestha
Prakriti le ni mann naparako racha yo Dhoti lai…??