आचरणको स्मरण र पालना सैनिकको धर्म हो : प्रधानसेनापति शर्मा

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ६, २०८०
|
|
२० पटक हेरिएको
Shares
आचरणको स्मरण र पालना सैनिकको धर्म हो : प्रधानसेनापति शर्मा

सारांश

  • काठमाडौँ ।
  • नेपाली सेनाद्वारा आयोजित यस वर्षको सैनिक आचारसंहिता कार्यक्रम सम्पन्न भएको छ ।
  • नयाँ वर्षको पहिलो हप्ता सेनाका सकलदर्जालाई सैनिक मर्यादा, अनुशासन, सदाचारलगायत विषयमा जानकारी गराउन केही वर्षदेखि यस्तो कार्यक्रम सैनिक मुख्यालयमा सञ्चालन हुँदै आएको छ ।

काठमाडौँ । नेपाली सेनाद्वारा आयोजित यस वर्षको सैनिक आचारसंहिता कार्यक्रम सम्पन्न भएको छ ।

नयाँ वर्षको पहिलो हप्ता सेनाका सकलदर्जालाई सैनिक मर्यादा, अनुशासन, सदाचारलगायत विषयमा जानकारी गराउन केही वर्षदेखि यस्तो कार्यक्रम सैनिक मुख्यालयमा सञ्चालन हुँदै आएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माले कार्यक्रम समापनका अवसरमा सकलदर्जालाई सम्बोधन गर्दै आचारसंहिताको पूर्ण पालना नै सैनिक अनुशासन भएकाले त्यो नै सैनिक पेसाको मुख्य शक्ति रहेको बताए ।

उनले भने,“हरेक सिपाहीले सैनिक आचरणको निरन्तर स्मरण र पालना गर्नुपर्छ, यो सैनिकको धर्म र कर्म हो ।” प्रधानसेनापतिले सङ्गठनको विशिष्टता कायम राखी राख्न चेन अफ कमाण्डलाई पूर्णरुपमा अनुशरण गर्दै एकढिक्का भई सेनाको मूल्य र मान्यताअनुरुप सङ्गठनको प्रतिष्ठा बढ्ने गरी जिम्मेवारी र कर्तव्य निर्वाह गर्न निर्देशन दिए ।

कार्यक्रमा सैनिक मूल्य मान्यता, परम्परा र शिष्टाचार, सामाजिक सञ्जालको प्रयोग, भेटघाट तथा अभिव्यक्ति, आर्थिक कारोबार एवं बजेटलगायतका विषयमा सकल दर्जालाई ज्ञान प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाका शिक्षक र शिक्षार्थीले पालना गर्नुपर्ने आचारसंहिता, भर्ना छनोट, लैङ्गिक आचरण तथा उपहारसम्बन्धी आचारसंहितामा विषय विज्ञबाट ज्ञानवद्र्धक प्रस्तुति भएको थियो ।

उक्त कार्यक्रम सेनाका सम्पूर्ण युनिटमा कार्यरत सकलदर्जामा पुग्ने गरी प्रत्यक्ष प्रसारण गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारको विरोधमा माइतीघरमा लाग्यो यस्तो नारा, दुई पूर्वप्रधानन्यायाधीश पनि जुलुसमा
सरकारको विरोधमा माइतीघरमा लाग्यो यस्तो नारा, दुई पूर्वप्रधानन्यायाधीश पनि जुलुसमा
कांग्रेसमाथि ओलीको प्रहार, २७ वर्ष सरकार चलाउँदा केही गरेन
कांग्रेसमाथि ओलीको प्रहार, २७ वर्ष सरकार चलाउँदा केही गरेन
साँखुमा सार्वजनिक जग्गा अतिक्रमण गर्दै बालुवा उत्खनन
साँखुमा सार्वजनिक जग्गा अतिक्रमण गर्दै बालुवा उत्खनन
महेश बस्नेत भक्तपुर प्रतिनिधि सभा निर्बाचन क्षेत्र नं २ बाट सर्बसम्मत उम्मेदवार सिफारिस
महेश बस्नेत भक्तपुर प्रतिनिधि सभा निर्बाचन क्षेत्र नं २ बाट सर्बसम्मत उम्मेदवार सिफारिस
सनराइज बैंकले साढे ११ प्रतिशत लाभांश दिने
सनराइज बैंकले साढे ११ प्रतिशत लाभांश दिने
बिद्युत प्राधिकरणले अघि बढायो सवैभन्दा ठुलो सौर्य परियोजना
बिद्युत प्राधिकरणले अघि बढायो सवैभन्दा ठुलो सौर्य परियोजना
चिच्याएर बर माग्ने मेलामा तीन लाख बराबरको भेटी
चिच्याएर बर माग्ने मेलामा तीन लाख बराबरको भेटी
रोनाल्डो आबद्ध अल नासर किङस कपको सेमिफाइनलमा
रोनाल्डो आबद्ध अल नासर किङस कपको सेमिफाइनलमा
आज र भोलि उपत्यकाका विद्यालयमा पठनपाठन बन्द
आज र भोलि उपत्यकाका विद्यालयमा पठनपाठन बन्द
नेपाल प्रज्ञा प्रतिष्ठानमा फेरि उप्रेती नियुक्त
नेपाल प्रज्ञा प्रतिष्ठानमा फेरि उप्रेती नियुक्त

तपाईंले छुटाउनुभयो कि?