श्रीदेवीका चार रोचक तथ्य

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २९, २०७९
|
|
५२ पटक हेरिएको
Shares
श्रीदेवीका चार रोचक तथ्य

सारांश

  • मुम्बई ।
  • अभिनेत्री श्रीदेवी आज भलै यो संसारमा छैनन्, तर उनलाई अझै पनि फ्यानहरुले सम्झिइरहेका छन् ।
  • श्रीदेवी जति सुन्दर थिइन्, उति नै राम्रो अभिनय पनि गर्थिन् ।

मुम्बई । अभिनेत्री श्रीदेवी आज भलै यो संसारमा छैनन्, तर उनलाई अझै पनि फ्यानहरुले सम्झिइरहेका छन् । श्रीदेवी जति सुन्दर थिइन्, उति नै राम्रो अभिनय पनि गर्थिन् । आज पनि उनका कैयौं फिल्म टेलिभिजनमा प्रसारण हुँदै आएका छन् ।

सन् १९६३ अगष्ट १३ मा जन्मिएकी श्रीदेवी बलिउडको पहिलो महिला सुपरस्टार थिइन् । उनको निधन सन् २०१८ फेब्रुअरी २४ मा भएको थियो । उनले बलिउडका झण्डै ३ सय फिल्ममा काम गरिन् । जसमा धेरै फिल्म हिट भएका थिए । यहाँ उनीसँग जोडिएका केही तथ्य प्रस्तुत गरिएको छ–

हिरोभन्दा बढी पारिश्रमिक
भारतीय फिल्ममा जहिल्यै पुरुषकै बोलवाला रह्यो । आज पनि अधिकांश अभिनेतालाई केन्द्रमा राखेर फिल्म बनाइन्छ । ९० को दशकमा त अभिनेताकै दममा फिल्म हिट हुन्थे । तर, त्यो समय श्रीदेवीले आफ्नो अभिनयको धाक जमाएकी थिइन् ।

श्रीदेवी यस्तो अभिनेत्री थिइन्, जसको फिल्म हेर्न दर्शकहरु सिनेमाघरतिर दौडन्थे । उनले आफ्नो अभिनयको दममा पहिलो महिला सुपरस्टारको उपाधि पोल्टामा पारिन् । यही कारण त्यो समयमा उनी अभिनेताभन्दा बढी पारिश्रमिक लिन्थिन् । फिल्म ‘नगीना’मा उनले अभिनेता ऋषि कपूरभन्दा बढी पारिश्रमिक लिएकी थिइन् ।

साउथमा पनि लोकप्रिय नाम
अभिनेत्री श्रीदेवीले साउथ फिल्मबाट आफ्नो करियर सुरुवात गरेकी थिइन् । उनले साउथ फिल्ममा पनि लोकप्रियता कमाएकी थिइन् । उनले १६ वयथीनिलए, मंदरु मुदिचु, सिगप्पू रोजकाल, कल्याणरमन, जोनी, मीनदुम कोकिला जस्ता फिल्मबकाट लोकप्रियता कमाएकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इन्डियाज गट ट्यालेन्टका निर्माता सोहन चौहान मृत भेटिए, ६ महिना अघि मात्रै गरेका थिए विवाह
इन्डियाज गट ट्यालेन्टका निर्माता सोहन चौहान मृत भेटिए, ६ महिना अघि मात्रै गरेका थिए विवाह
आयल निगमका खड्काको अर्को बदमासीः हवाई ईन्धनमा तीन करोड घोटाला,
आयल निगमका खड्काको अर्को बदमासीः हवाई ईन्धनमा तीन करोड घोटाला,
उपप्रधानमन्त्री श्रेष्ठसँग एमसिसीका सिइओको शिष्टाचार भेट
उपप्रधानमन्त्री श्रेष्ठसँग एमसिसीका सिइओको शिष्टाचार भेट
नेपालको पत्रको आयो भारतको ‘रेस्पोन्स’, सीमा विवाद सुल्झाउन तयार
नेपालको पत्रको आयो भारतको ‘रेस्पोन्स’, सीमा विवाद सुल्झाउन तयार
ओलाङचुङ्गोलाई केन्द्रबिन्दु बनाएर भूकम्प
ओलाङचुङ्गोलाई केन्द्रबिन्दु बनाएर भूकम्प
चुनावको मुखमै माओवादी छाेडेर कांग्रेस प्रवेश गरेका श्रेष्ठलाई दुवै हातमा लड्डु !
चुनावको मुखमै माओवादी छाेडेर कांग्रेस प्रवेश गरेका श्रेष्ठलाई दुवै हातमा लड्डु !
बाबुराम भट्टराईको पिएचडी प्रति प्रचण्डको आयो यस्तो टिप्पणी
बाबुराम भट्टराईको पिएचडी प्रति प्रचण्डको आयो यस्तो टिप्पणी
मुलक अब स्थिरता र समृद्धिको मार्गमा अघि बढिसक्यो : पूर्वमन्त्री बस्नेत
मुलक अब स्थिरता र समृद्धिको मार्गमा अघि बढिसक्यो : पूर्वमन्त्री बस्नेत
वर्षमान पुनकी आमामाथि गोली प्रहार
वर्षमान पुनकी आमामाथि गोली प्रहार
प्रत्यक्षमा कांग्रेस र समानुपातिकमा एमाले अगाडि
प्रत्यक्षमा कांग्रेस र समानुपातिकमा एमाले अगाडि