निर्वाचन आउन ३८ दिन बाँकी: समस्या सुल्झाउन आयोगको संयुक्त संयन्त्र तयार

Author Author
|
सोमबार, माघ १२, २०८२
|
|
९९ पटक हेरिएको
Shares
निर्वाचन आउन ३८ दिन बाँकी: समस्या सुल्झाउन आयोगको संयुक्त संयन्त्र तयार

सारांश

  • काठमाडौं ।
  • आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द सञ्चालनमा ल्याएको छ ।
  • आयोग परिसरमा स्थापना भएको सो केन्द्रमा निर्वाचनका सम्बन्धमा देखिने सबै प्रकारका समस्या तत्काल समाधान गरिने जनाइएको छ ।

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द सञ्चालनमा ल्याएको छ ।

आयोग परिसरमा स्थापना भएको सो केन्द्रमा निर्वाचनका सम्बन्धमा देखिने सबै प्रकारका समस्या तत्काल समाधान गरिने जनाइएको छ । आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र आइतबार मात्रै स्थापना गरेको हो । आयोग परिसरमा स्थापना भएको केन्द्रको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुभारम्भ गरेका थिए ।

उनले कुनै निर्वाचन क्षेत्रमा केही समस्या आएमा तत्काल समाधान गर्न केन्द्रले काम गर्ने जानकारी दिए । मतदान केन्द्रमा समाधान हुन नसक्ने समस्या केन्द्रबाट समाधान गरिने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले उल्लेख गरे ।

आयोगका सचिवको नेतृत्वमा रहने केन्द्रमा गृह मन्त्रालयका सहसचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत सदस्य रहने व्यवस्था छ ।

सो केन्द्रले आवश्यक सूचना लिने, त्यसको विश्लेषण गर्ने र तत्काल आवश्यक निर्णय लिने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पढाइलाई भन्दा सिकाइमा जोड दिनुपर्छ :मुख्यमन्त्री पौडेल
पढाइलाई भन्दा सिकाइमा जोड दिनुपर्छ :मुख्यमन्त्री पौडेल
कस्तो छ पशुपति प्रसाद २ भष्मे डन ? दर्शक भन्छन्- रुने पनि हाँस्ने पनि एकैपटक भयो
कस्तो छ पशुपति प्रसाद २ भष्मे डन ? दर्शक भन्छन्- रुने पनि हाँस्ने पनि एकैपटक भयो
संविधानको कार्यान्वयनमा तीनवटै तहको सहकार्य आवश्यक : मुख्यमन्त्री पाण्डे
संविधानको कार्यान्वयनमा तीनवटै तहको सहकार्य आवश्यक : मुख्यमन्त्री पाण्डे
एकता महाधिवेशनको तयारीमा फोरम नेपाल
एकता महाधिवेशनको तयारीमा फोरम नेपाल
२५ जनाभन्दा बढि भेला हुन रोक
२५ जनाभन्दा बढि भेला हुन रोक
दुर्घटनामा ज्यान गुमाउनेप्रति मुख्यमन्त्रीको श्रद्धाञ्जलि
दुर्घटनामा ज्यान गुमाउनेप्रति मुख्यमन्त्रीको श्रद्धाञ्जलि
काठमाडौं उपत्यकामा आज एकैदिन ९४३ जना कोरोना संक्रमित थपिए
१० मिनेट ढिलो आउँदा  एकजना ‘जुवाडे’को राष्ट्रियसभा यात्रा रोकियो !
१० मिनेट ढिलो आउँदा एकजना ‘जुवाडे’को राष्ट्रियसभा यात्रा रोकियो !
बाबुरामको प्रश्न ? ओली आफ्नो कुबाटोमा दृढ छन्स अरू उनको सती जाने कि बेलैमा नयाँ समाजवादी बाटो बनाउने ?
बाबुरामको प्रश्न ? ओली आफ्नो कुबाटोमा दृढ छन्स अरू उनको सती जाने कि बेलैमा नयाँ समाजवादी बाटो बनाउने ?
अमिताभमाथि १५ वर्षे प्रतिबन्ध !
अमिताभमाथि १५ वर्षे प्रतिबन्ध !