संसदीय सुनवाई समितिमा ३ सदस्य चयन

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १३, २०८०
|
|
३१ पटक हेरिएको
Shares
संसदीय सुनवाई समितिमा ३ सदस्य चयन

सारांश

  • काठमाडौं ।
  • संसदीय सुनुवाइ समितिमा रहने १५ मध्ये ३ जनाको नाम टुंगो लागेको छ ।
  •  राष्ट्रिय सभाकातर्फवाट संसदीय सुनवाई समितिमा जाने ३ जना सदस्यको नाम टुंगो लागेको हो ।

काठमाडौं । संसदीय सुनुवाइ समितिमा रहने १५ मध्ये ३ जनाको नाम टुंगो लागेको छ । राष्ट्रिय सभाकातर्फवाट संसदीय सुनवाई समितिमा जाने ३ जना सदस्यको नाम टुंगो लागेको हो ।

राष्ट्रियसभाको बुधबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्ताव गरेको नामलाई सभाले अनुमोदनसमेत गरिसकेको छ ।

जसअनुसार नेपाली कांग्रेसका रमेशजंग रायमाझी, नेकपा एमालेका देवेन्द्र दाहाल र माओवादी केन्द्रका जगप्रसाद शर्मा सुनुवाइ समितिमा सिफारिस भएका छन् ।

प्रतिनिधिसभातर्फवाट जाने सदस्य भने बाँकी रहेका छन । प्रतिनिधिसभाको सम्भावित कार्यसुचीमा सदस्य मनोनयनको अजेन्डा राखे पनि प्रमुख तीन दलले नाम नदिदा आज सो समितिमा मनोनयन हुन नसकेको जनाईएको छ । सुनवाई समिति संघीय संसदको संयुक्त समिति हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?