मन्त्री अधिकारीको जिकिर : वाईड बडी प्रकरणमा म दोषी छैन

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २३, २०७५
|
|
२७ पटक हेरिएको
Shares
मन्त्री अधिकारीको जिकिर : वाईड बडी प्रकरणमा म दोषी छैन

सारांश

  • काठमाडौं।
  • नेपाल वायु सेवा निगमले खरिद गरेको एअर बसको वाईड बडी विमान खरिद प्रकरणमा संसदीय उपसमितिले दोषी ठहर गरेका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री रविन्द्र अधिकारीले आफ्नो नाम पूर्वाग्रही ढंगले जोडिएको जिकिर गरेका छन् ।
  • सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरि उनले आफु सो प्रकरणमा दोषी नभएको जिकिर गरेका हुन् ।

काठमाडौं। नेपाल वायु सेवा निगमले खरिद गरेको एअर बसको वाईड बडी विमान खरिद प्रकरणमा संसदीय उपसमितिले दोषी ठहर गरेका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री रविन्द्र अधिकारीले आफ्नो नाम पूर्वाग्रही ढंगले जोडिएको जिकिर गरेका छन् ।

सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरि उनले आफु सो प्रकरणमा दोषी नभएको जिकिर गरेका हुन् ।

संसदको सार्वजनिक लेखा समितिले वाईड बडी प्रकरणमा अध्ययनका लागि काँग्रेस सांसद राजेन्द्रकुमार केसीको संयोजकत्वमा गठन गरेको उपसमितिले मन्त्री अधिकारीसहित दुई जना पूर्वमन्त्रीहरु जीवनबहादुर शाही र जितेन्द्र नारायण देव, वहालवाला दुई जना सचिब प्रेमकुमार राई र कृष्ण देवकोटा, निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारलगायत ३४जनालाई दोषी ठहर गर्दै आवश्यक कारबाहीका लागि सिफारिस गर्न प्रतिवेदन दिएको छ । सो प्रतिवेदनमाथि आजै संसदको लेखा समितिमा छलफल हुँदैछ ।

समितिमा सो प्रतिवेदनमाथि छलफल हुनुपूर्व पत्रकार सम्मेलन आयोजना गरेका मन्त्री अधिकारीले पदबाट राजिनामा दिने अपेक्षाविपरित उनले आफु सो प्रकरणमा संलग्न रहेको र प्रतिवेदन पूर्वाग्रही रहेको बताएका हुन् मन्त्री अधिकारीले यस सम्बन्धमा यथार्थ छानविन गरी सत्य तथ्य बाहिर ल्याउनुपर्ने र ती अध्ययन अनुसन्धानमा सहयोग पुर्याउने बताए।

पत्रकार सम्मेलनको सुरुमा नै उनले २०७४ चैत्र ३ गते देखि आफूले मन्त्रालय सम्हालेको र मन्त्रालयका कामहरु प्राथमिकताका आधारमा कार्ययोजना बनाई अघि बढाएको बताए। उनले आर्थिक बर्ष२०७१÷७२ को बजेटमा थप नया जहाज खरिद गरि संचालनमा ल्याउने भनिएकोदेखि जहाज ल्याउने अन्तिम मितिसम्म विभिन्न चरणमा भएका कार्यहरुको विवरण बुँदागत रुपमा प्रस्तुत गर्दै विमान खरिदमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरे। पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटा सहितका अधिकारीहरु उपस्थित थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

मन्त्री अधिकारीको जिकिर : वाईड बडी प्रकरणमा म दोषी छैन

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २३, २०७५
|
|
० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • नेपाल वायु सेवा निगमले खरिद गरेको एअर बसको वाईड बडी विमान खरिद प्रकरणमा संसदीय उपसमितिले दोषी ठहर गरेका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री रविन्द्र अधिकारीले आफ्नो नाम पूर्वाग्रही ढंगले जोडिएको जिकिर गरेका छन् ।
  • सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरि उनले आफु सो प्रकरणमा दोषी नभएको जिकिर गरेका हुन् ।

काठमाडौं। नेपाल वायु सेवा निगमले खरिद गरेको एअर बसको वाईड बडी विमान खरिद प्रकरणमा संसदीय उपसमितिले दोषी ठहर गरेका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री रविन्द्र अधिकारीले आफ्नो नाम पूर्वाग्रही ढंगले जोडिएको जिकिर गरेका छन् । सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरि उनले आफु सो प्रकरणमा दोषी नभएको जिकिर गरेका हुन् ।
संसदको सार्वजनिक लेखा समितिले वाईड बडी प्रकरणमा अध्ययनका लागि काँग्रेस सांसद राजेन्द्रकुमार केसीको संयोजकत्वमा गठन गरेको उपसमितिले मन्त्री अधिकारीसहित दुई जना पूर्वमन्त्रीहरु जीवनबहादुर शाही र जितेन्द्र नारायण देव, वहालवाला दुई जना सचिब प्रेमकुमार राई र कृष्ण देवकोटा, निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारलगायत ३४जनालाई दोषी ठहर गर्दै आवश्यक कारबाहीका लागि सिफारिस गर्न प्रतिवेदन दिएको छ । सो प्रतिवेदनमाथि आजै संसदको लेखा समितिमा छलफल हुँदैछ ।
समितिमा सो प्रतिवेदनमाथि छलफल हुनुपूर्व पत्रकार सम्मेलन आयोजना गरेका मन्त्री अधिकारीले पदबाट राजिनामा दिने अपेक्षाविपरित उनले आफु सो प्रकरणमा संलग्न रहेको र प्रतिवेदन पूर्वाग्रही रहेको बताएका हुन् मन्त्री अधिकारीले यस सम्बन्धमा यथार्थ छानविन गरी सत्य तथ्य बाहिर ल्याउनुपर्ने र ती अध्ययन अनुसन्धानमा सहयोग पुर्याउने बताए।
पत्रकार सम्मेलनको सुरुमा नै उनले २०७४ चैत्र ३ गते देखि आफूले मन्त्रालय सम्हालेको र मन्त्रालयका कामहरु प्राथमिकताका आधारमा कार्ययोजना बनाई अघि बढाएको बताए। उनले आर्थिक बर्ष२०७१÷७२ को बजेटमा थप नया जहाज खरिद गरि संचालनमा ल्याउने भनिएकोदेखि जहाज ल्याउने अन्तिम मितिसम्म विभिन्न चरणमा भएका कार्यहरुको विवरण बुँदागत रुपमा प्रस्तुत गर्दै विमान खरिदमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरे। पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटा सहितका अधिकारीहरु उपस्थित थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?