सोमबार सुनचाँदीको मूल्य स्थिर
सारांश
- असोज १२ गते, सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
- नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यस दिन आइतबारकै कारोबार मूल्य छापावाला सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
- अघिल्लो दिन आइतबार सुन तोलामा ६०० रुपैयाँले घटेको थियो ।
असोज १२ गते, सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यस दिन आइतबारकै कारोबार मूल्य छापावाला सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन आइतबार सुन तोलामा ६०० रुपैयाँले घटेको थियो ।
यसैगरी चाँदीको मूल्य पनि सोमबार स्थिर रही एक हजार १५० रुपैयाँमा खरिदबिक्री भएको छ । आइतबार चाँदी तोलामा १० रुपैयाँले घटेर यसै मूल्यमा किनबेच भइरहेको थियो ।
अन्तरराष्ट्रिय बजारमा सोमबार सुन तथा चाँदीको भाउ घटेको छ । साताको कारोबारको पहिलो दिन सोमबार उक्त बजारमा सुन प्रति अउन्स एक हजार ८५९ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रति अउन्स २२ डलरमा खरिदबिक्री हुँदैछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया