चितवनमा सवारी दुर्घटनामा परी एक वर्षमा १४६ को मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २, २०७६
|
|
३२ पटक हेरिएको
Shares
चितवनमा सवारी दुर्घटनामा परी एक वर्षमा १४६ को मृत्यु

सारांश

  • चितवन।
  • गत आर्थिक वर्षमा जिल्लामा सवारी दुर्घटनाका कारण १४६ ले ज्यान गुमाएका छन्।
  • जिल्लामा भएका २९५ दुर्घटनामा परी उनीहरुको ज्यान गएको हो।

चितवन। गत आर्थिक वर्षमा जिल्लामा सवारी दुर्घटनाका कारण १४६ ले ज्यान गुमाएका छन्। जिल्लामा भएका २९५ दुर्घटनामा परी उनीहरुको ज्यान गएको हो।अघिल्लो आर्थिक वर्षमा २७१ दुर्घटनामा १३२ को मृत्यु भएको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार अघिल्लो वर्षभन्दा गत वर्ष २४ दुर्घटना बढेर १४ बढी मानिसको मृत्यु भएको छ।दुर्घटना न्यूनीकरणका लागि विभिन्न कार्यक्रम गरिएको भए पनि दुर्घटनाको क्रम भने रोकिएको छैन। गत आवमा भएका दुर्घटनामा ४५३ सवारीसाधन परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीका अनुसार गत वर्ष भएका सवारी दुर्घटनामा परी ५५८ घाइते भएका छन्।

जिल्लामा भएका सवारी दुर्घटनामध्ये मोटरसाइकल बढी रहेको छ। गत वर्ष २०५ मोटरसाइकल दुर्घटनामा परेका छन्। यस्तै ८० ट्रक तथा ट्याङ्कर, ५३ बस, ५२ जिपरकार दुर्घटनामा परेको कार्यालयको तथ्याङ्कले देखाएको छ। यस्तै कार्यालयले गत आवमा ४० हजार २९ सवारी कारवाही गरी रु तीन करोड सात लाख ६६ हजार ५०० राजश्व सङ्कलन गरेको छ। अघिल्लो आर्थिक वर्षमा ४५ हजार १५० सवारीसाधनलाई कारवाही गरी रु तीन करोड ३६ लाख ८७ हजार ५०० राजश्व सङ्कलन गरेको थियो।

कारवाहीको सङ्ख्या हेर्ने हो भने जनचेतनाका कारण घट्दै गएको तर दुर्घटना न्यूनीकरण गर्न नसकेको प्रमुख गिरीले बताए। हलुका सवारीसाधनको तीव्रगतिका कारण दुर्घटना बढी हुने गरेको उनले जानकारी दिए। बढ्दो सवारीको चाप र साँघुरा सडकका कारण भित्री सडकमा बढी सङ्ख्यामा दुर्घटना भएको उनले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रामेछापबाट विजयी भएका को हुन श्यामकुमार श्रेष्ठ
रामेछापबाट विजयी भएका को हुन श्यामकुमार श्रेष्ठ
गोली हानी दुर्गा तिवारीका पार्टनर बलु पौडेलको हत्या
गोली हानी दुर्गा तिवारीका पार्टनर बलु पौडेलको हत्या
सुन तस्करीका मुख्य नाइके ‘गोरे’ गौरीघाट बाट यसरी समातिए,गृह मन्त्रालयमा खुलाए यस्तो थप रहस्य
सुन तस्करीका मुख्य नाइके ‘गोरे’ गौरीघाट बाट यसरी समातिए,गृह मन्त्रालयमा खुलाए यस्तो थप रहस्य
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले स्थानीय तहसँग सहकार्य
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले स्थानीय तहसँग सहकार्य
सरकारका काम सबै डिजिटल प्रणालीमा लगिन्छ : अर्थमन्त्री
सरकारका काम सबै डिजिटल प्रणालीमा लगिन्छ : अर्थमन्त्री
सुस्मिता हत्याकाण्डमा ससुरा नन्दसहित परिवारकै संलग्नता, अस्मिता देखि पैसासम्म ससुराको गिद्धेदृष्टि
सुस्मिता हत्याकाण्डमा ससुरा नन्दसहित परिवारकै संलग्नता, अस्मिता देखि पैसासम्म ससुराको गिद्धेदृष्टि
खोटाङमा वामपन्थी गठबन्धनको क्लिनस्वीप
खोटाङमा वामपन्थी गठबन्धनको क्लिनस्वीप
साहित्यका शीतविन्दु, राजनीतिका प्रदीप : यस्तो छ, उनको जिन्दगी
साहित्यका शीतविन्दु, राजनीतिका प्रदीप : यस्तो छ, उनको जिन्दगी
बजेटको तयारीमा सरकार
बजेटको तयारीमा सरकार
उपराष्ट्रपति पुनद्धारा गिरिको निधनप्रति दुःख व्यक्त
उपराष्ट्रपति पुनद्धारा गिरिको निधनप्रति दुःख व्यक्त

तपाईंले छुटाउनुभयो कि?