मकै बालीमा अमेरिकी फौजी कीराको प्रकोप

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १४, २०८०
|
|
२५ पटक हेरिएको
Shares
मकै बालीमा अमेरिकी फौजी कीराको प्रकोप

सारांश

  • गलेश्वर ।
  • म्याग्दीको मालिका गाउँपालिका– ५ देवीस्थानकी किसान रमिला बूढा मकै बालीमा अमेरिकन फौजी कीराको आक्रमणले सताएपछि चिन्तित भएका छन् ।
  • हरियाली बनेको मकै कीराका कारण क्षति पुगेकाले उत्पादनमा घट्ने उनको गुनासो छ ।

गलेश्वर । म्याग्दीको मालिका गाउँपालिका– ५ देवीस्थानकी किसान रमिला बूढा मकै बालीमा अमेरिकन फौजी कीराको आक्रमणले सताएपछि चिन्तित भएका छन् । हरियाली बनेको मकै कीराका कारण क्षति पुगेकाले उत्पादनमा घट्ने उनको गुनासो छ ।

“करिब चार रोपनी जमिनमा मकै लगाइएकोमा कीरा लागेर हैरान पारेको छ, गतवर्ष पनि यस्तै समस्याले पिरोलेको थियो, अहिले पनि समस्या उस्तै छ, किसानलाई खेती गरेर जीवन धान्न विभिन्न रोग र कीराको प्रकोपले समस्या सिर्जना गर्छ”, उनले भने ।

जिल्लाका दरवाङ, बाबियाचौर, ताकम, बिम, देविस्थान, ज्यामरुककोट, भकिम्ली लगायतका गाउँमा लगाएको मकैमा मौसमको प्रतिकूलताका कारण फौजी कीराको प्रकोप देखिएको छ ।

कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार जिल्लामा कतै मकै भर्खरै उम्रेको छ भने कतै गुवा हाल्दै गरेको र गोडमेल गर्ने समय भएको छ । सबै मकैका बोटमा फौजी कीराको प्रकोप बढ्न थालेपछि किसान चिन्तित भएको केन्द्रको भनाइ छ ।

केन्द्रका प्रमुख किरन सिग्देलले मकैमा अमेरिकन फौजी कीराको प्रकोप देखिन थालेको भन्दै कीराले मकैको पात र गुभा खाने गरेको बताए ।

जिल्लाको रत्नेचौर, ज्यामरुककोट लगायतका क्षेत्रमा सञ्चालित आइपिएम किसान पाठशालाका प्रशिक्षक क्षेत्रबहादुर कटुवालले यो वर्ष कीराले मकैको बोट खान थालेको र गर्मी बढ्दै जाँदा रोग कीराको प्रकोप फैलिनसक्ने जोखिम पनि बढ्दै जाने बताए ।

मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँका अनुसार वयस्क कीराले मकै वा अन्य बालीको पात र गुभामा अण्डा पार्छ । करिब दुई हप्तासम्म लार्भा अवस्थामा रहने यो कीराले सबैभन्दा बढी क्षति नै लार्भा अवस्थामा पु¥याउँछ ।

करिब एक हप्ताको वयस्क अवस्थामा उडेर टाढा–टाढासम्म पुगेर अण्डा पार्ने भएका कारण छोटो समयमा नै यसको प्रकोप फैलिने उनको भनाइ छ ।

म्याग्दीका विभिन्न छ स्थानीय तहका १४ समूहले मकैको बीउ उत्पादन गरिरहेका छन् । ती समूहलाई अमेरिकन फौजी कीराको प्रकोपबारे केन्द्रले जानकारी गराएको छ । फौजी कीराले रातिको समयमा बढी क्षति गर्ने गरेको कृषि प्राविधिक बताउँछन् ।

फौजी कीरा बढी नै खन्चुवा खालको हुने भएकाले जति बेला पनि मकैको बोट खाइरहने प्राविधिकको भनाइ छ । कीराको लार्भाले धान, गहुँ, कोदो, उखु, तेलहन बाली, लहरेबाली, काउली बाली, भटमास, प्याज, गोलभेँडा, आलुलगायतका बालीमा पनि क्षति पु¥याउने गरेको छ ।

यसको व्यवस्थापनको लागि खेतबारीमा नियमित अवलोकन गर्ने, बालीको बीचमा ‘डेस्मोडियम’ घाँस लगाउनुपर्ने कृषि प्राविधिकको सुझाव छ ।

(www.leankitchenco.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वाइसीएलको बैठक सम्पन्न, के गर्यो निर्णय ?
वाइसीएलको बैठक सम्पन्न, के गर्यो निर्णय ?
रणवीर सिंह जो फ्यानकालागि जे पनि गर्न तयार हुन्छन्
रणवीर सिंह जो फ्यानकालागि जे पनि गर्न तयार हुन्छन्
गैरकानुनी क्रियाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
गैरकानुनी क्रियाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
बिमिस्टेकमा भाग लिन भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार आइपुगे
बिमिस्टेकमा भाग लिन भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार आइपुगे
बजेट कम हुँदा कार्यान्वयनमा समस्या : मन्त्री ज्वाला
बजेट कम हुँदा कार्यान्वयनमा समस्या : मन्त्री ज्वाला
पुष्पलालको सपना साकार पार्ने बाटामा सरकार प्रधानमन्त्री ओली
पुष्पलालको सपना साकार पार्ने बाटामा सरकार प्रधानमन्त्री ओली
कस्तुप र देवीले ल्याए मौलिक तीज गीत ‘बरिलै’
कस्तुप र देवीले ल्याए मौलिक तीज गीत ‘बरिलै’
भानुभक्त ढकाल कानुनमन्त्रीमा नियुक्त, पद्माको मन्त्रीमा बढुवा
भानुभक्त ढकाल कानुनमन्त्रीमा नियुक्त, पद्माको मन्त्रीमा बढुवा
सुशासनका लागि कर्मचारीतन्त्र बाधक स् मुख्यमन्त्री गुरुङ
सुशासनका लागि कर्मचारीतन्त्र बाधक स् मुख्यमन्त्री गुरुङ
ट्रेड युनियन शुक्लागण्डकीको सभापतिमा पोख्रेल सर्वसम्मत
ट्रेड युनियन शुक्लागण्डकीको सभापतिमा पोख्रेल सर्वसम्मत

तपाईंले छुटाउनुभयो कि?