रणवीर सिंह जो फ्यानकालागि जे पनि गर्न तयार हुन्छन्

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ३, २०७५
|
|
३६ पटक हेरिएको
Shares
रणवीर सिंह जो फ्यानकालागि जे पनि गर्न तयार हुन्छन्

सारांश

  • ३ पुस ।
  •  एजेन्सी।
  • रणवीर सिंह यतिबेला आफ्नो नयाँ फिल्म सिम्बाको प्रमोशनमा व्यस्त छन्।

३ पुस । एजेन्सी। रणवीर सिंह यतिबेला आफ्नो नयाँ फिल्म सिम्बाको प्रमोशनमा व्यस्त छन्। सोमबार फिल्म प्रमोशनकै क्रममा मुम्बईको फाइभ स्टार होटल जे डब्ल्यू म्यारियटमा पुगेका थिए। पहिला रणवीर होटल बाहिर पोज दिइरहेका थिए। तर पछि उनले पूल एरियामा फोटो शुट गराउने निर्णय गरे। उनी भित्र पुग्ने वित्तिकै त्यहाँ भइरहेको विवाहमा सहभागीह? चिच्याउन थाले। कतिसम्म भने बेहुला बेहुली पनि उनलाई देखेर निकै उत्साहित भए।

जब रणवीर फोटोग्राफरलाई पोज दिइरहेका थिए, तब एक पाहुनाले चिच्याउँदै भने–रणवीर यहाँ सिन्धी विवाह हुँदैछ। कृपया यहाँ आउनुस्।’ रणवीरले इसारामार्फत आफू आउने बताए। फोटोशुटपछि रणवीर विवाहस्थलमा पुगे। उनी बेहुला बेहुली भए ठाउँमा पुगे। उनले बेहुला बेहुलीको हातमा चुम्बन गरे र शुभकामना दिए। रणवीरले आफूह?लाई विवाहको शुभकामना दिएको भन्दै बेहुला बेहुली निकै खुशी देखिन्थे। उनीह?ले सिम्बा नायकसँग सेल्फी खिचाए। त्यसपछि रणवीर त्यहाँबाट हिँडे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?