मुना पाण्डे हत्या आरोपमा बबि सिंह पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १४, २०८१
|
|
३४ पटक हेरिएको
Shares
मुना पाण्डे हत्या आरोपमा बबि सिंह पक्राउ

सारांश

  • काठमाडौं।
  • अमेरिकाको टेक्सासस्थित ह्युस्टन शहरमा गोली हानी नेपाली विद्यार्थीको हत्या गरेको आरोपमा पक्राउ परेका व्यक्तिको विवरण प्रहरीले सार्वजनिक गरेको छ।
  • ह्युस्टन प्रहरीले बिहीबार बेलुकी प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ गरिएका व्यक्ति ५१ वर्षीय बबि सिंह शाह भएको बताएको छ ।

काठमाडौं। अमेरिकाको टेक्सासस्थित ह्युस्टन शहरमा गोली हानी नेपाली विद्यार्थीको हत्या गरेको आरोपमा पक्राउ परेका व्यक्तिको विवरण प्रहरीले सार्वजनिक गरेको छ।

ह्युस्टन प्रहरीले बिहीबार बेलुकी प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ गरिएका व्यक्ति ५१ वर्षीय बबि सिंह शाह भएको बताएको छ । उनलाई प्रहरीले हत्या आरोपमा अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

प्रहरीले बुधबार मुना पाण्डेको हत्यामा संलग्न संदिग्धको क्लोज सर्किट (सीसी) टिभी फुजेटमा देखिएको तस्वीर सार्वजनिक गरेको थियो र उनलाई कसैले देखेको भए खबर गरिदिन अनुरोध गरेको थियो ।

यसको २४ घन्टा नवित्दै प्रहरीले शाहलाई नियन्त्रणमा लिएको हो । ह्युस्टन प्रहरीका प्रवक्ताका अनुसार, सीसी टीभीमा मुनाको अपार्टमेन्टबाट निस्किँदै गरेको देखिएका व्यक्ति शाह नै थिए ।

शाहलाई बुधबार अपराह्न ह्युटनको उत्तरपश्चिम क्षेत्रमा रहेको ट्राफिक स्टपबाट नियन्त्रणमा लिइएको प्रहरीले भनेको छ ।

हत्यामा संलग्नको खोजीका लागि स्वाट अफिसर, एचपीडी अपराध नियन्त्रण इकाइ र टेक्सास डिपार्टमेन्ट अफ पब्लिक सेफ्टीका अधिकारीहरु खटिएका थिए । त्यसक्रममा उनलाई ट्राफिक चेक पोइन्टमा फेला पारेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीले हालसम्म हत्याको कारण भने खुलाएको छैन । हत्यामा प्रयोग भएको हतियार पनि बरामद भए नभएको बताएको छैन । मृतक युवती र शाहबीच चिनजान कसरी भएको थियो भन्ने पनि खुलेको छैन ।

२१ वर्षीया पाण्डेको अमेरिकी समयअनुसार, सोमबार बेलुकी साढे ५ बजे गोली हानी हत्या भएको थियो । खबर पाएलगत्तै प्रहरीसँगै घटनास्थलमा पुगेका स्वास्थ्यकर्मीले उनलाई मृत घोषित गरेका थिए । प्रहरीका अनुसार, उनको शरीरमा गोली प्रहारपछि थुप्रै चोटहरु छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    trendaddictor

    certainly like your website but you need to take a look at the spelling on quite a few of your posts Many of them are rife with spelling problems and I find it very troublesome to inform the reality nevertheless I will definitely come back again

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?