भानुभक्त ढकाल कानुनमन्त्रीमा नियुक्त, पद्माको मन्त्रीमा बढुवा
सारांश
- काठमाडौं, १८ साउन ।
- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद भानुभक्त ढकाल कानुनमन्त्री नियुक्त भएका छन् ।
- नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई मन्त्री नियुक्त गरेका हुन् ।
काठमाडौं, १८ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद भानुभक्त ढकाल कानुनमन्त्री नियुक्त भएका छन् । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई मन्त्री नियुक्त गरेका हुन् ।
बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएपछि तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका थिए ।
यस्तै राज्यमन्त्री पद्मा अर्यालको मन्त्रीमा बढुवा भएको छ । उनलाई भूमि व्यवस्था मन्त्रीको जिम्मेवारी दिन लागिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । मन्त्रीहरुको सपथ साढे ४ बजे तय भएको छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Hira Tmg
बाख्रीको पुच्छर काटिदियो
अब बोकाहरुलाइ सजिलो
Gaz Bahadur Lama
Lywam Lywam ti chiraune vo
Labanya Raj Khatiwada Khatiwada
शुभकामना हजुरलाई नेपाली जनताले राेजेकाे मान्छे काे भन्दा भानुभत ढकाल सहि मन्त्रि देसलेपायाे अबिबादन ।
Netra Gurung
एउटा जनजातीको छोरा बल्लतल्ला कानुन् मन्त्री बनेको त्यो पनि ब्रामाणबादीहरूले जालझेल गरेर बाहुनकै पोल्टामा पारियो अब बिना मगरतिर सल्किन्छ यो दुईमतै छैन ।