नेपाल र युएइले एसीसी प्रिमियर कपको फाइनल खेल्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १७, २०८०
|
|
२८ पटक हेरिएको
Shares
नेपाल र युएइले एसीसी प्रिमियर कपको फाइनल खेल्ने

सारांश

  • काठमाडौं ।
  • एसीसी मेन्स प्रिमियर कपको फाइनलमा नेपाल र युएइ भिड्ने भएका छन् ।
  • आज भएका दुवै सेमिफाइनल वर्षाले प्रभावित भएपछि निकालिएका वैकल्पिक नतिजाअनुसार नेपाल र युएइको फाइनलमा भिडन्त पक्का भएको हो ।

काठमाडौं । एसीसी मेन्स प्रिमियर कपको फाइनलमा नेपाल र युएइ भिड्ने भएका छन् । आज भएका दुवै सेमिफाइनल वर्षाले प्रभावित भएपछि निकालिएका वैकल्पिक नतिजाअनुसार नेपाल र युएइको फाइनलमा भिडन्त पक्का भएको हो ।

किर्तिपुरमा भएको नेपाल र कुवेतबीचको सेमिफाइनल हारजित नभइ रद्द गर्नुपरेको छ । यससँगै सेमिफाइनलका लागि रिजर्भ डे नभएकोले समूह चरणमा अंक तालिकामा माथि भएको नेपाल फाइनल प्रवेश गरेको छ ।

अर्कोतर्फ मूलपानीमा भएको दोस्रो सेमिफाइनलको पनि दोस्रो इनिङ वर्षाले प्रभावित भएपछि डिएलएस विधिबाट नतिजा निकालिएको छ । जसअनुसार युएइ २ रनले विजयी भएको छ ।

मूलपानीको सेमिफाइनलमा युएइले पहिले ब्याटिङ गर्दै अलआउट भएर २३६ रन बनाएको थियो । ओमनले जवाफी ब्याटिङ गर्दा ४३ ओभरमा ६ विकेटको क्षतिमा १९० रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । र, आज खेल हुन नसक्ने भएपछि डिएलएस विधिबाट नतिजा निकालिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?