विश्वभर दैनिक छ लाखभन्दा बढी कोरोना संक्रमित थपिदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ५, २०७७
|
|
४१ पटक हेरिएको
Shares

सारांश

  • बितेको २४ घन्टाभित्र विश्वभर झण्डै सात लाख कोरोना भाइरसको संक्रमित संख्या वृद्धि भएको छ ।
  • पछिल्लो तथ्यांक अनुसार विश्वभर ५ लाख ७२ हजार ३९ हजारलाई कोरोना संक्रमित भइसकेको छ ।
  • बिहिबार कोरोना भाइरसको संक्रमित संख्या ५ करोड ६५ लाख थियो ।

बितेको २४ घन्टाभित्र विश्वभर झण्डै सात लाख कोरोना भाइरसको संक्रमित संख्या वृद्धि भएको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर ५ लाख ७२ हजार ३९ हजारलाई कोरोना संक्रमित भइसकेको छ ।

बिहिबार कोरोना भाइरसको संक्रमित संख्या ५ करोड ६५ लाख थियो । बितेको २४ घन्टाभित्र ११ हजारको संक्रमणबाट मृत्यु भएको छ । पछिल्लो तथ्यांक अनुसार १३ लाख ६५ हजार ६ सय ९५ को मृत्यु भएको छ । विश्वभर ३ करोड ९७ लाख कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । एक करोड ६१ सक्रिय संक्रमित छन् ।

अमेरिकामा एकै दिन २ लाखभन्दा बढी संक्रमित संख्या थपिएको छ । विश्वमा सबैभन्दा बढी अमेरिकामा एक करोड २० लाख ७० हजार कोरोना संक्रमित भइसकेका छन् । जसमध्ये २ लाख ५८ हजारको मृत्यु भइसकेको छ ।

भारतमा ९० लाखसंक्रमितमध्ये एक लाख ३२ हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा ५९ लाख ८३ हजार संक्रमितमध्ये एक लाख ६८ हजारको मृत्यु भएको छ ।
यूरोपका देशहरुले संक्रमित र मृतक संख्यामा अन्य देशहरुलाई धमाधम उछिन्न थालेका छन् । फ्रान्समा २० लाख ८६ हजार संक्रमित संख्यामध्ये ४७ हजारको मृत्यु भइसकेको छ । त्यहाँ लकडाउन छ ।

रुसमा २० संक्रमितमध्ये ३४ हजारको मृत्यु भएको छ । स्पेनमा १५ लाख ७४ हजार संक्रमितमध्ये ४२ हजारको मृत्यु भइसकेको छ । बेलायतमा १४ लाख कोरोना संक्रमितमध्ये ५३ हजारको मृत्यु भएको छ । इटालीमा १३ लाख संक्रमितमध्ये ४७ हजारको मृत्यु भएको छ ।

पछिल्लो तथ्यांक अनुसार नेपालमा २ लाख १५ हजार २० जना कोरोना संक्रमितमध्ये १२ सय ७६ को मृत्यु भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“प्रधानन्यायाधीशलाई बिदामा बस्ने वा राजीनामा दिनुको विकल्प छैन”
“प्रधानन्यायाधीशलाई बिदामा बस्ने वा राजीनामा दिनुको विकल्प छैन”
Pin Up AZ Casino rəsmi veb saytına daxil olun və qeydiyyatdan keçi
रियाल, दिर्हाम र रिंगिटको सटही दर आज पनि स्थिर
सरकारले संविधान दिवस मनाउने तयारी गरिरहँदा, उपप्रधानमन्त्रीको पार्टी भने…
सरकारले संविधान दिवस मनाउने तयारी गरिरहँदा, उपप्रधानमन्त्रीको पार्टी भने…
३३ किलाे सुन प्रकरण: पक्राउ परेका २८ जनालार्इ कारागार पठाउन अदालतको आदेश !
३३ किलाे सुन प्रकरण: पक्राउ परेका २८ जनालार्इ कारागार पठाउन अदालतको आदेश !
पोखरामा भोली र्अथात  शनिबार “बिर्सिएको मृत्यु ” माथि बहस हुने
पोखरामा भोली र्अथात शनिबार “बिर्सिएको मृत्यु ” माथि बहस हुने
प्रदेशलाई ४४ अर्ब ५५ करोड र स्थानीय तहलाई १ खर्ब २३ अर्ब ८७ करोड
प्रदेशलाई ४४ अर्ब ५५ करोड र स्थानीय तहलाई १ खर्ब २३ अर्ब ८७ करोड
विप्लवको बन्दको सामान्य प्रभाव
विप्लवको बन्दको सामान्य प्रभाव
शौचालयमा लुकाउन लागेको अवस्थामा दुई किलो सुनसहित दुई अभियुक्त पक्राउ …
शौचालयमा लुकाउन लागेको अवस्थामा दुई किलो सुनसहित दुई अभियुक्त पक्राउ …
ओली प्रधानमन्त्री बनेलगत्तै राष्ट्रपति सी जिनपिङ नेपाल आउने