एमाले केन्द्रीय कमिटी बैठक काठमाडौँमा बस्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २४, २०८०
|
|
४१ पटक हेरिएको
Shares
एमाले केन्द्रीय कमिटी बैठक काठमाडौँमा बस्ने

सारांश

  • काठमाडौँ ।
  • नेकपा )एमाले)को केन्द्रीय कमिटीको बैठक सरेको छ ।
  • एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले यसअघि झापामा राखिएको बैठक काठमाडौँ सारिएको जानकारी दिए ।

काठमाडौँ । नेकपा )एमाले)को केन्द्रीय कमिटीको बैठक सरेको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले यसअघि झापामा राखिएको बैठक काठमाडौँ सारिएको जानकारी दिए ।

उनले संसद् बैठक आह्वान भएको अवस्थामा संसदीय काममा केन्द्रित हुनुपर्ने भएकाले झापामा तय गरिएको बैठक काठमाडौँमा सारिएको बताए ।
उनका अनुसार बैठक यही वैशाख २८–३० सम्म केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्ने भएको छ । यसअघि झापामा बस्ने भनिएको बैठक यही वैशाख २९ देखि ३१ सम्म तोकिएको थियो ।

केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्नका लागि यही वैशाख २६ गते सचिवालय बैठक बोलाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?