विश्वकै पुरानो वेभक्याम बन्द गरिदै, २५ वर्षदेखि निरन्तर चलिरहेको थियो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ६, २०७६
|
|
४५ पटक हेरिएको
Shares
विश्वकै पुरानो वेभक्याम बन्द गरिदै, २५ वर्षदेखि निरन्तर चलिरहेको थियो

सारांश

  • विश्वको सबभन्दा पुरानो निरन्तर चलिरहेको वेबक्याम २५ वर्षपछि बन्द गरिँदैछ।
  • सन् १९९४ मा उक्त ’फग क्याम’ जडान गरिएको थियो।
  • त्यसको उद्देश्य सान फ्रान्सिस्कोको स्टेट युनिभर्सिटी क्याम्पसमा मौसम कसरी परिवर्तन भइरहन्छ भनेर अवलोकन गर्नु थियो।

विश्वको सबभन्दा पुरानो निरन्तर चलिरहेको वेबक्याम २५ वर्षपछि बन्द गरिँदैछ। सन् १९९४ मा उक्त ’फग क्याम’ जडान गरिएको थियो। त्यसको उद्देश्य सान फ्रान्सिस्कोको स्टेट युनिभर्सिटी क्याम्पसमा मौसम कसरी परिवर्तन भइरहन्छ भनेर अवलोकन गर्नु थियो।

त्यसपछि उक्त वेबक्यामले नियमित मर्म सम्भारको बेलाबाहेक निरन्तर प्रसारण गरिरह्यो। यसका निर्माताहरूले अब उक्त वेबक्याम राख्ने उपयुक्त स्थान नभएकाले बन्द गर्न लागिएको बताएका छन्।

ड्यान वङसँग मिलेर उक्त वेबक्याम जडान गरेका जेफ स्वार्जले अगस्ट ३० मा बन्द हुने बताए। “हामीलाई लाग्यो अब यो बन्द गरिनुपर्छ,“ स्वार्जले एसएफ गेट पत्रिकालाई भने। सो फगक्याम बन्द गरिएपनि यसले प्रसारण गर्ने भिडिओ देखाउने वेबसाइट भने चलिरहनेछ।

स्वार्जका अनुसार सन् १९९३ मा केम्ब्रिज विश्वविद्यालयमा राखिएको संसारकै पहिलो लाइभ-क्यामबाट प्रेरित भई उक्त वेबक्याम उनले जडान गरेका हुन्। केम्ब्रिजको सो लाइभ(क्याम सन् २००१ मै बन्द भएको थियो।

सन् १९९४ ताका स्वार्ज र वङ उदाउँदा प्रोगामर थिए। वेबक्याम प्रोजेक्टलाई उनीहरूले कोडिङको अभ्यास गर्न र प्राम्भिक चरणको वेब प्रविधि बुझ्न प्रयोग गरेका थिए।

“यो सानो पहल थियो तर यसको आफ्नै जीवनजस्तो बन्यो,“ उनले पत्रिकालाई भने। “मानिसहरूले रुचाएका कारण हामीले यसलाई चलाइरह्यौँ।“ “हाम्रो वेबक्याम इन्टरनेटका प्रारम्भिक दिनहरू सम्झाउने प्रतीक पनि हो,“ स्वार्जले भने। बिबिसीबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वका ४ शक्तिशाली नेताका कारमा छन् यस्ता विशेषता
विश्वका ४ शक्तिशाली नेताका कारमा छन् यस्ता विशेषता
खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्त्ति मिलोस् : रास्वपा सभापति लामिछाने
खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्त्ति मिलोस् : रास्वपा सभापति लामिछाने
लुम्बिनीमा सडक खाना महोत्सव
लुम्बिनीमा सडक खाना महोत्सव
हेटौंडालाई उत्कृष्ट बनाँए, मुख्यमन्त्री भए प्रदेश नं. ३ लाई उत्कृष्ट प्रदेश बनाउँछु : पौडेल
यी हुन कानुन मिच्नेहरु नाम सहित- सरकारी गाडी दुरुपयोग, सेतो प्लेटलाई रातो बनाएर
यी हुन कानुन मिच्नेहरु नाम सहित- सरकारी गाडी दुरुपयोग, सेतो प्लेटलाई रातो बनाएर
विकास र समृद्धिमा सहकार्य हुन्छ, ओली राष्ट्रवादी नेता हुनुहुन्छ: राजेन्द्र लिङ्देन
हमासको आक्रमणबाट मृत्यु भएका नेपालीको शव ल्याउन ढिलाइ हुने
हमासको आक्रमणबाट मृत्यु भएका नेपालीको शव ल्याउन ढिलाइ हुने
प्रियंका चोपडाको फड्को, हलिउडको सुपरहिरो फिल्ममा मुख्य भूमिका
प्रियंका चोपडाको फड्को, हलिउडको सुपरहिरो फिल्ममा मुख्य भूमिका
नवलपरासीको गैँडाकोट नगरपालिकाले ज्येष्ठ नागरिकलाई निःशुल्क यात्राको व्यवस्था
नवलपरासीको गैँडाकोट नगरपालिकाले ज्येष्ठ नागरिकलाई निःशुल्क यात्राको व्यवस्था
शिवराजको न्यायिक समिति वाट ३५ वटा मुद्धा फैसला
शिवराजको न्यायिक समिति वाट ३५ वटा मुद्धा फैसला