गर्भावस्थामा खुट्टा सुन्निने समस्या कम गर्ने उपायहरु यस्ता छन्

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २६, २०८०
|
|
२१ पटक हेरिएको
Shares
गर्भावस्थामा खुट्टा सुन्निने समस्या कम गर्ने उपायहरु यस्ता छन्

सारांश

  • काठमाडौं ।
  • केही महिलाहरुलाई गर्भावस्थाको बेला खुट्टा दुख्ने र सुन्निने समस्या देखिने गर्दछ ।
  • त्यसैले गर्भावस्थाको बेला यस्तो दुखाई तथा सुन्निने समस्याबाट छुट्कारा पाउनका लागि विभिन्न टिप्सहरु अपनाउन सकिन्छ ।

काठमाडौं । केही महिलाहरुलाई गर्भावस्थाको बेला खुट्टा दुख्ने र सुन्निने समस्या देखिने गर्दछ । त्यसैले गर्भावस्थाको बेला यस्तो दुखाई तथा सुन्निने समस्याबाट छुट्कारा पाउनका लागि विभिन्न टिप्सहरु अपनाउन सकिन्छ ।

मनतातो पानी

गर्भावस्थामा खुट्टा सुन्निएको कम गर्नका लागि मनतातो पानीको प्रयोग गर्न सकिन्छ । मनतातो पानीमा नुन अथवा दुखाई कम गर्ने तेल राखेर केहीबेर भिजाउने गरेमा सुन्निएको वा दुखेको समस्याबाट छुट्कारा पाइन्छ ।

आराम गर्ने

गर्भावस्थाको बेला खुट्टा सुन्निन नदिनका लागि आरामको आवश्यकता पर्दछ । त्यसैले जुनबेला पनि आराम गर्दा सधैं तकिया माथि खुट्टाहरु राख्ने गर्नुपर्दछ ।

चिसो पानीको प्रयोग

चिसो पानीको सहयोगले पनि खुट्टा सुन्निएको कम गर्न सकिन्छ । त्यसैले खुट्टाको दुखाई र सुन्निने समस्याबाट छुट्कारा पाउनका लागि चिसो पानी वा बरफले सेक्ने गरेमा निको हुन्छ ।

मालिस गर्ने
गर्भावस्थाको बेला खुट्टा सुन्निएको बेला मालिस गरेर पनि आराम पाउन सकिन्छ । त्यसका लागि आफूलाई मन पर्ने तेल वा दुखाई कम गर्ने तेलले मालिस गरेर खुट्टाको दुखाई कम गर्न सकिन्छ ।

नुनको सेवन कम गर्ने

गर्भावस्थामा धेरै नुनको सेवन गर्नाले पनि खुट्टाहरु सुन्निने समस्या देखिन्छ । त्यसैले यस्तो बेला खानापानमा नुनको मात्रा कम गर्नु पर्दछ ।

बेसार
एन्टीइन्फ्लामेटरी तथा एन्टीसेप्टिक गुणहरुले भरिपूर्ण बेसारले खुट्टा सुन्निएको कम गर्न सक्छ । त्यसैले बेसारको लेदो बनाएर लगाउन पनि सकिन्छ जसले गर्दा सुन्निएको तथा दुखेको कम हुन्छ । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?