अमेरिकी सेनाको इण्डो प्यासिफिक प्रमुख किन नेपाल आए?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २७, २०७५
|
|
४९ पटक हेरिएको
Shares
अमेरिकी सेनाको इण्डो प्यासिफिक प्रमुख किन नेपाल आए?

सारांश

  • काठमाडौं।
  • नेपाल भ्रमणमा रहेको अमेरिकी सेनाको इन्डो प्यासिफिक क्षेत्र हेर्ने प्रमुख एडमिरल फिलिप एस डेभिड्सनले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखेरलसँग शिष्टाचार भेट वार्ता गरेका छन्।
  • सेना प्रमुख एडमिरल डेभिडसनले शुक्रबार बिहान रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलसँग भेट गरेका हुन्।

काठमाडौं। नेपाल भ्रमणमा रहेको अमेरिकी सेनाको इन्डो प्यासिफिक क्षेत्र हेर्ने प्रमुख एडमिरल फिलिप एस डेभिड्सनले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखेरलसँग शिष्टाचार भेट वार्ता गरेका छन्।

सेना प्रमुख एडमिरल डेभिडसनले शुक्रबार बिहान रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलसँग भेट गरेका हुन्। संयुक्त राज्य अमेरिकाको इण्डो प्यासिफिक प्रमुख एडमिरल डेभिडसन नेपालको २ दिने भ्रमणको बिहीबार काठमाडौं आएका हुन् । रक्षा मन्त्रीसँगको भेटमा द्विपक्षीय सैन्य सहायता र एशिया प्यासिफिक क्षेत्र भित्र पर्ने इण्डो प्यासेफिक क्षेत्रको सुरक्षा चुनौतीबारे छलफल भएको छ। यसमा नेपाल र अमेरिकाले खेल्न सक्ने भूमिका बारे पनि छलफल भएको छ। साथै अमेरिकी सेनाले नेपाली सेनाको क्षमता विकाश र सैन्य कुटनैतिक सम्बन्धलाई बलियो बनाउँदै लैजाने विषयमा द्विपक्षीय छलफल भएको रक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता बाबुराम गौतमले जानकारी दिए।

भ्रमणमा रहेको सेना प्रमुखको टोलीले बिहिबार नै नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापा सँग भेट गरिसकेको छ। सेना प्रमुख एडमिरल डेभिडसनको टोलीले काभे्रको पाँचखालमा रहेको नेपाली सेनाको विरेन्द्र शान्तिकार्य तालिम केन्द्रको निरीक्षण भ्रमण गर्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?