फिल्म दबंग–३ को शुटिङका तस्वीर बाहिर, एकाएक भाइरल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ३, २०७६
|
|
३१ पटक हेरिएको
Shares
फिल्म दबंग–३ को शुटिङका तस्वीर बाहिर, एकाएक भाइरल

सारांश

  • मुम्बई।
  • बलिउडका चुलबुल पाण्डे अर्थात सलमान खान यतिबेला आफ्नो नयाँ फिल्म दबंग–३ को शुटिङमा व्यस्त छन्।
  • यो फिल्ममा सलमानसँगै सोनाक्षी सिन्हा र महेश मंजरेकरकी कान्छी छोरी सई मंजरेकर मुख्य भूमिकामा छन्।

मुम्बई। बलिउडका चुलबुल पाण्डे अर्थात सलमान खान यतिबेला आफ्नो नयाँ फिल्म दबंग–३ को शुटिङमा व्यस्त छन्। यो फिल्ममा सलमानसँगै सोनाक्षी सिन्हा र महेश मंजरेकरकी कान्छी छोरी सई मंजरेकर मुख्य भूमिकामा छन्।सई मंजरेकर दबंग–३ फिल्मबाट बलिउडमा डेब्यू गर्दैछिन्। सलमान खान विगत केही दिनदेखि राजस्थानको राजधानी उदयपुरमा फिल्मको शुटिङ गरिरहेका छन्।


केही दिनदेखि सामाजिक संजालमा सलमान, सोनाक्षी र फिल्मका क्रु मेम्बरको फोटो भाइरल भइरहेका छन्। केही दिन अगाडि एउटा भिडियो सार्वजनिक भएको थियो, जसमा सलमान र सोनाक्षी फिल्मको शुटिङ गरिरहेका छन्। दुवै स्टार भिडियोमा बसिरहेको देखिन्छ। पृष्ठभूमिका फिल्मको गीत बजिरहेको छ। सोनाक्षी लडखडाउँछिन् र सलमानको काखमा पुग्छिन्।यो भिडियो बाहेक फिल्मको सेटका अन्य तस्वीर पनि बाहिरिएका छन्।

https://www.instagram.com/p/B1WHUKKhanh/?utm_source=ig_embed&utm_campaign=embed_video_watch_again

तस्वीरमा सलमान खान, फुर्सदको समय बिताइरहेका छन्। यो क्रममा अभिनेता चियाको चुस्की लिइरहेका छन्। फिल्मका निर्देशक प्रभुदेवा हुन् भने सलमान खान र उनका भाइ अरबाज खान फिल्मको निर्माता हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?