पीडित विद्यार्थीले बनाए भूकम्पको वास्तविक चित्र

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १६, २०७४
|
|
४४ पटक हेरिएको
Shares
पीडित विद्यार्थीले बनाए भूकम्पको वास्तविक चित्र

सारांश

  • काठमाडौँ, १६ चैत, भूकम्पबाट पुग्न गएको क्षतिको सम्झना गर्दै विद्यालय पढ्ने बालबालिकाले चित्रमा उतारेका छन् ।
  • चित्रमा भूकम्पका समयमा भएका विविध घटनालाई सम्झना गर्दै बालबालिकाले चित्रमार्फत प्रस्तुत गरेका हुन् ।
  • “भूकम्पमा बालबालिकालाई बढी क्षति भएको ठानेर नै आफूले भोगेका कुरालाई चित्रमा उतारेकी हुँ ।

काठमाडौँ, १६ चैत, भूकम्पबाट पुग्न गएको क्षतिको सम्झना गर्दै विद्यालय पढ्ने बालबालिकाले चित्रमा उतारेका छन् । चित्रमा भूकम्पका समयमा भएका विविध घटनालाई सम्झना गर्दै बालबालिकाले चित्रमार्फत प्रस्तुत गरेका हुन् ।

“भूकम्पमा बालबालिकालाई बढी क्षति भएको ठानेर नै आफूले भोगेका कुरालाई चित्रमा उतारेकी हुँ ।” धादिङकी कक्षा– ९ मा अध्ययनरत विमला तामाङले भन्नुभयो, “चित्र बनाइसकेपछि मनमा भएको डर केही हदसम्म हराएको थियो ।” भूकम्पपछि मानिसमा मेलमिलापको भावना पाएको र त्यसलाई आफूले चित्रमा उतारेको उहाँले बताउनुभयो ।

चित्रकलामा सहभागी अर्की रामेछापकी छात्रा रञ्जु तामाङले आफूले भोगेको कुरालाई चित्रमा उतार्न सजिलो भएको बताउनुभयो ।

चित्र–संग्रहमा विद्यालय विद्यार्थीले भूकम्पमा भएका क्षति, विभिन्न दातृृ निकायले गरेको सहयोगको प्रतिविम्ब, भूकम्पपीडितले टहरामा जीवन बिताउदाको दुःखकष्टलगायत पुनःनिर्माणका गतिविधिलगायत सुन्दर नेपालको परिकल्पना चित्रमार्फत व्यक्त गरेका छन् ।

“इन्डुरेड इन्टरनेसनल” नामक संस्थाको सहयोगमा भूकम्प प्रभावित १२ वटा जिल्लाका बालबालिकालाई चित्रकलामा सहभागी गराइएको थियो । बालबालिकालाई भूकम्पसम्बन्धी गतिविधिमा सहभागी गराउनुपर्छ भन्ने उद्देश्यका साथ चित्रकला प्रतियोगितामा सहभागी गराइएको इन्टरनेशनलका प्रमुख डा गोपालकृष्ण सिवाकोटीले बताउनुभयो ।

“भूकम्पका बेला बालबालिकामा ठूलो त्रास बनाएको थियो । त्यसले उनीहरुमा बनाएको प्रतिविम्बलाई उतार्न सक्छन् भनेर नै सहभागी गराएका हौं ।” सिवाकोटीले बताउनुभयो ।

काठमाडौँमा चित्र–संग्रह लोकापर्ण कार्यक्रमको आयोजना गरी इन्टरनेशनलले पुस्तकका रुपमा विमोचन गरेको थियो । आज आयोजित कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले चित्रमा विद्यार्थीले बनाएको चित्रको खुलेर प्रशंसा गर्नुभयो ।

“बालबालिकाले आफ्नो भनाइ राख्न नसके पनि चित्रले दिएको सन्देशअनुरुप देशको निर्माण गर्न सके देश साँच्चै सुन्दर बन्ने थियो” उहाँले भन्नुभयो । चित्रले अहिलेसम्मकै नयाँ सन्देश दिन खोजेको उहाँले बताउनुभयो ।

यही आर्थिक वर्षभित्र धरहराको शिलान्यास गर्ने

आर्थिक वर्ष २०७४÷७५ भित्रै धराहराको शिलान्यास गर्ने लक्ष्य राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले राखेको छ । धरहरालाई कंक्रिड र रडको प्रयोग गरी बनाउने लक्ष्य राखेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी प्रमुख युवराज भुषालले बताउनुभयो ।

“धरहराभित्रै पार्किङ गर्ने गरी निर्माण गरिने लक्ष्य रहेको छ र सोहीअनुरुप काम गर्ने तयारी पूरा भइसक्यो ।” भुषालले भन्नुभयो । स्थायी सरकार निर्माण भएमा दुई वर्षभित्रै पुनःनिर्माणको काम पूरा भइसक्ने उहाँले बताउनुभयो ।

रानीपोखरीको विवाद पनि अहिले सुल्झिसकेको अवस्था छ । काठमाडौँं महानगरपालिकाले नयाँ आर्थिक वर्षबाट रानीपोखरीको पुनःनिर्माणको काम शुरु गर्ने जानकारी भुषालले दिनुभयो ।

पुनःनिर्माण प्राधिकरणले अपांग, सहाराबिहीन ७० वर्ष नाघेका वद्धवृद्धा, १५ वर्ष मुनिका सहाराविहीन बालबालिका र ६० वर्ष माथिका एकल महिलाको लागि आवासको निर्माण गरिदिन तथ्यांक निकालिसकेको जानकारी दिनुभयो । त्यस्ता वर्गमा जम्मा २४ हजार मानिसको तथ्यांक निस्किएको उहाँले जानकारी दिनुभयो । जसमा पाँच हजारले आफन्तको सहयोगमा आवासको निर्माण गरिसकेको र अन्यलाई आवास बनाइदिन गैरसरकारी संस्थासँग पहल गरिरहेको उहाँले जानकारी दिनुभयो ।

हाल जम्मा ७५३ ऐतिहासिक तथा सांस्कृतिक धरोहरमध्ये एक सयको पुनःनिर्माणको काम पूरा भइसकेको जानकारी उहाँले दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेसबुकले तीन महिनामा तीन करोड ‘हानिकारक’ सामग्री हटायो
फेसबुकले तीन महिनामा तीन करोड ‘हानिकारक’ सामग्री हटायो
संशोधन प्रस्ताव फिर्ता लिन एमालेको पुनः माग
संशोधन प्रस्ताव फिर्ता लिन एमालेको पुनः माग
‘मेरो नेतृत्वमा कम्युनिस्टहरूको स्थायी सरकार बनेको छ’ डराउनु पर्दैनः प्रधानमन्त्री ओली
एयर इण्डियालाई प्राधिकरणले पठायो पत्र
एयर इण्डियालाई प्राधिकरणले पठायो पत्र
संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउनुपर्छ : डा कोइराला
संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउनुपर्छ : डा कोइराला
विवाह पञ्चमी महोत्सवको पाँचौँ दिन आज मटकोर विधि गरिने
विवाह पञ्चमी महोत्सवको पाँचौँ दिन आज मटकोर विधि गरिने
गर्भवतीले यौन सम्पर्क राख्न हुन्छ कि हुदैन ?
गर्भवतीले यौन सम्पर्क राख्न हुन्छ कि हुदैन ?
बुद्ध एयरले ल्यायो नयाँ एटिआर-७२ जहाज
बुद्ध एयरले ल्यायो नयाँ एटिआर-७२ जहाज
कोरोना भाइरसविरुद्धको खोप पहिलोपटक मानिसमा परीक्षण
कोरोना भाइरसविरुद्धको खोप पहिलोपटक मानिसमा परीक्षण
संसद विघटनविरुद्धको मुद्वामा प्रधानन्यायाधीश, न्यायाधीश र अधिवक्ताहरुबीच रोचक सवाल-जवाफ
संसद विघटनविरुद्धको मुद्वामा प्रधानन्यायाधीश, न्यायाधीश र अधिवक्ताहरुबीच रोचक सवाल-जवाफ