न्युजिल्यान्डको राजधानीमा मध्यरातमा भएको आगलागीमा परी कैयौ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २, २०८०
|
|
३२ पटक हेरिएको
Shares
न्युजिल्यान्डको राजधानीमा मध्यरातमा भएको आगलागीमा परी कैयौ जनाको मृत्यु

सारांश

  • न्युजिल्यान्ड ।
  • न्युजिल्यान्डको डाउनटाउन वेलिङ्ग्टनमा रहेको चार तले होस्टेल भवनमा रातभरि आगलागी हुँदा कैयौँ व्यक्तिको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी बेपत्ता भएका छन् ।
  • प्रहरीले दिएको जानकारी अनुसार मङ्गलबार बिहान करिब १२:३० बजे मध्य वेलिङ्ग्टनको एडिलेड रोडमा रहेको लोफर्स लज होस्टेलमा आगो लागेको र ठूलो धनजनको क्षति भएको थियो ।

न्युजिल्यान्ड । न्युजिल्यान्डको डाउनटाउन वेलिङ्ग्टनमा रहेको चार तले होस्टेल भवनमा रातभरि आगलागी हुँदा कैयौँ व्यक्तिको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी बेपत्ता भएका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार मङ्गलबार बिहान करिब १२:३० बजे मध्य वेलिङ्ग्टनको एडिलेड रोडमा रहेको लोफर्स लज होस्टेलमा आगो लागेको र ठूलो धनजनको क्षति भएको थियो ।

अहिले हताहती र घाइतेको सङ्ख्या एकिन नभए पनि प्रहरीको प्रारम्भिक मूल्याङ्कन अनुसार मृत्यु हुनेको सङ्ख्या १० को आसपासमा रहेको छ । उक्त भवनबाट ५२ जनालाई उद्धार गरी बाहिर निकालिएको थियो भने पाँच जनाको छतबाट उद्धार गरिएको थियो । तर अझै थुप्रै व्यक्ति बेपत्ता रहेको प्रहरीले जनाएको छ । त्यसैगरी दुईजना गम्भीर घाइते सहित पाँच जनालाई अस्पताल पठाइएको छ ।

बिहानको समाचार कार्यक्रमसँग कुरा गर्दै न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले सो घटनामा थप मृत्यु हुनसक्ने आशङ्का रहेको बताएका छन् । घटनास्थलको निरिक्षणपछि हिपकिन्सले पीडितहरू र तिनीहरूका परिवारहरूप्रति संवेदना व्यक्त गरेका छन् ।

उक्त भवन यस वर्षको शुरुमा निरीक्षण गरिएको र सबै मापदण्ड पूरा गरिएको पाइएको भए पनि यसमा स्प्रिंकलर प्रणाली भने नभएको आवास मन्त्री मेगन वुड्सले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साफ च्याम्पियनसिप : नेपाललाई आज जित्नै पर्ने दबाब
साफ च्याम्पियनसिप : नेपाललाई आज जित्नै पर्ने दबाब
भागरथी हत्या प्रकरणमा सफल अनुसन्धान गर्ने असईसहितका दुई प्रहरीको बढुवा
भागरथी हत्या प्रकरणमा सफल अनुसन्धान गर्ने असईसहितका दुई प्रहरीको बढुवा
उपाध्यक्ष वाग्लेद्वारा राजीनामाको घोषणा
उपाध्यक्ष वाग्लेद्वारा राजीनामाको घोषणा
प्रमुख दलहरु क्रमशः कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र मधेशमा आफ्नो पार्टीलाई जसरी पनि पहिलो बनाउने रणनीतिमा
प्रमुख दलहरु क्रमशः कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र मधेशमा आफ्नो पार्टीलाई जसरी पनि पहिलो बनाउने रणनीतिमा
काँग्रेसका ३७ बिभागहरुमा प्रमुखहरु मनोनयन (सूचीसहित)
काँग्रेसका ३७ बिभागहरुमा प्रमुखहरु मनोनयन (सूचीसहित)
How can Mail Buy Brides Work?
बालबालिकाको सुन लुट्ने महिला र ती किनेर स्वरुप परिर्वतन गरी बच्ने व्यक्ति पक्राउ
बालबालिकाको सुन लुट्ने महिला र ती किनेर स्वरुप परिर्वतन गरी बच्ने व्यक्ति पक्राउ
तीजमा सरकारले गरेको कडाई प्रति क्याटरिङ व्यवसायीको आपत्ति
तीजमा सरकारले गरेको कडाई प्रति क्याटरिङ व्यवसायीको आपत्ति
कम्बोडियाका प्रधानमन्त्रीलाई पुर्याएर फर्किएको कारगेड दुर्घटनामा
कम्बोडियाका प्रधानमन्त्रीलाई पुर्याएर फर्किएको कारगेड दुर्घटनामा
कात्तिक १ गते शुक्रबारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?