सकियो लामिछानेको बयान, अब थुनछेक बहस हुँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ९, २०७६
|
|
२४ पटक हेरिएको
Shares
सकियो लामिछानेको बयान, अब थुनछेक बहस हुँदै

सारांश

  • काठमाडौं ।
  • पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीनै जनाको बयान लिने काम सकिएको छ ।
  • अदालतले अस्मिता कार्कीको बयान हिजो लिएको थियो भने रवि लामाछिाने र युवराज कँडेलको बयान आज लिएको हो ।

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीनै जनाको बयान लिने काम सकिएको छ । अदालतले अस्मिता कार्कीको बयान हिजो लिएको थियो भने रवि लामाछिाने र युवराज कँडेलको बयान आज लिएको हो । तीनै जनाको बयान लिने काम सकिएकाले अब थुनछेक बहस शुरु भएको छ । यता, जिल्ला प्रशासन कार्यालय चितवनले प्रदर्शन गर्न रोक लगाएको छ । पत्रकार शलिकराम पुडासैनीको मृत्यु भएको घटनामा अनुसन्धानको क्रममा प्रहरी नियन्त्रणमा रहेका लामिछानेकोे रिहाइको माग गर्दै दिनहुँ प्रदर्शन भइरहेको छ । बहसका लागि वकिलहरु धेरै भएकाले सोमबार नै सकिने नसकिने यकिन छैन ।

पक्ष विपक्षमा बहस सकिए उनीहरुलाई तारेखमा छोड्ने वा धरौटी वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने मध्ये कुनै एक आदेश अदालतले दिन सक्छ । पुडासैनी गएको साउन २० गते चितवनको कंगारु होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनले आत्माहत्या गर्नु अघि बोलेको भनिएको भिडियोमा रविलगायतलाई दोषी भनेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?