‘जदरात’मार्फत ७० हजारभन्दा बढीलाई रोजगारी दिँदै साउदी

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ८, २०८१
|
|
२१ पटक हेरिएको
Shares
‘जदरात’मार्फत ७० हजारभन्दा बढीलाई रोजगारी दिँदै साउदी

सारांश

  • काठमाडौं।
  • साउदी अरेबियाले ७० हजारभन्दा बढी रोजगारीका अवसरसहित ‘जदरात’ रोजगारी प्लेटफर्म सुरु गरेको छ ।
  • साउदी सरकारले जागिर खोज्ने प्रक्रियालाई सरल बनाउन र रोजगार खोज्नेहरूलाई रोजगारदाताहरूसँग जोड्न डिजाइन गरिएको नयाँ राष्ट्रिय जागिर प्लेटफर्म ‘जदरात’ सञ्चालनमा ल्याएको हो ।

काठमाडौं। साउदी अरेबियाले ७० हजारभन्दा बढी रोजगारीका अवसरसहित ‘जदरात’ रोजगारी प्लेटफर्म सुरु गरेको छ । साउदी सरकारले जागिर खोज्ने प्रक्रियालाई सरल बनाउन र रोजगार खोज्नेहरूलाई रोजगारदाताहरूसँग जोड्न डिजाइन गरिएको नयाँ राष्ट्रिय जागिर प्लेटफर्म ‘जदरात’ सञ्चालनमा ल्याएको हो ।

यस प्लेटफर्मको उद्देश्य नागरिकहरूलाई रोजगारी खोज्न र रोजगारदाताहरूलाई कुशल डिजिटल प्रणालीमार्फत स्थानीय प्रतिभाहरूमाझ पहुँच बनाउनु रहेको जनाइएको छ ।

सो प्लेटफर्मको साउदीका मानव संसाधन र सामाजिक विकासमन्त्री अहमद अल–राझी, पर्यटनमन्त्री अहमद अल–खातिब र हदफका महानिर्देशक तुर्की अल–जाविनीले रियादमा आधिकारिक रूपमा शुभारम्भ गरे ।

प्लेटफर्मले आवेदन प्रक्रियालाई सुव्यवस्थित गर्दै उपलब्ध स्थानहरूसँग छिटो जागिर खोज्नेहरूलाई मिलाउन डिजिटल प्रणाली प्रयोग गर्ने बताइएको छ । मानव संसाधन र सामाजिक विकासमन्त्री अल–राझीले स्थानीय प्रतिभाको विकास र कार्यशक्तिको दक्षता सुधारमा सरकारले ध्यान केन्द्रित गरेकामा जोड दिए ।

उनले जागिर खोज्नेहरूको डाटालाई एकताबद्ध गर्न, प्रमाणीकरण गर्न, आवेदन प्रक्रियाहरू वृद्धि गर्न र व्यक्तिहरूलाई रोजगारीका अवसरहरूमा सजिलै पहुँच पु¥याउन डिजाइन गरिएको उल्लेख गरे । उनका अनुसार यस वर्षको पहिलो ६ महिनामा साउदीहरूको रोजगारी, प्रशिक्षण, योग्यतालाई समर्थन गर्न कार्यक्रम र उत्पादनमा ठूलो रकम खर्च गरिएको छ ।

यी कार्यक्रमबाट एक लाखभन्दा बढी प्रतिष्ठान लाभान्वित भएको र निजी क्षेत्रका प्रतिष्ठानमा १ लाख ५३ हजारभन्दा बढी नागरिकले रोजगारी पाएको उनले बताए । उनका अनुसार ‘महत्वाकांक्षा र सशक्तीकरण’ नाराअन्तर्गत सार्वजनिक र निजी क्षेत्रका रोजगारी खोज्नेको तथ्यांक एकीकरण विश्वसनीयता बढाउने प्लेटफर्मको लक्ष्य छ । साउदीमा विभिन्न पेसामा गरी करिब ५ लाख नेपाली कामदार कार्यरत छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रम्पले उत्तर कोरियालाई धम्काउए , कोरियासंग नयाँ लडाई हुने संकेत ।धम्क्याउनुकोे कारण चीन !
ट्रम्पले उत्तर कोरियालाई धम्काउए , कोरियासंग नयाँ लडाई हुने संकेत ।धम्क्याउनुकोे कारण चीन !
अख्तियारद्वारा सशस्त्रका टेन्डर विवादमा  छानबिन सुरु !
अख्तियारद्वारा सशस्त्रका टेन्डर विवादमा छानबिन सुरु !
भारतमा चन्द्रागिरि हिल्सलाई नेपालकै उत्कृष्ट गन्तव्यको पुरस्कार
भारतमा चन्द्रागिरि हिल्सलाई नेपालकै उत्कृष्ट गन्तव्यको पुरस्कार
आजको मौसम: मुलुकका अधिकांश स्थानमा वर्षाकाे संभावना
आजको मौसम: मुलुकका अधिकांश स्थानमा वर्षाकाे संभावना
सर्वोच्चमा भिडन्त,प्रधानन्यायाधीशका लागि लडाई गर्ने जोशीको तयारी
सर्वोच्चमा भिडन्त,प्रधानन्यायाधीशका लागि लडाई गर्ने जोशीको तयारी
१८ वर्षपछि बक्सअफिसमा भिड्दै रजनीकान्त र कमल हासन
१८ वर्षपछि बक्सअफिसमा भिड्दै रजनीकान्त र कमल हासन
सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
१ नम्बर प्रदेशको मुख्यमन्त्रीमा तेश्रो विकल्प राजेन्द्र राई
१ नम्बर प्रदेशको मुख्यमन्त्रीमा तेश्रो विकल्प राजेन्द्र राई
शृङ्खला मिस वल्र्ड २०१८ को दावेदार
शृङ्खला मिस वल्र्ड २०१८ को दावेदार
धरानमा होम आइसोलेशनमा बसेका वृद्धको मृत्यु
धरानमा होम आइसोलेशनमा बसेका वृद्धको मृत्यु

तपाईंले छुटाउनुभयो कि?