बालबालिकाको सुन लुट्ने महिला र ती किनेर स्वरुप परिर्वतन गरी बच्ने व्यक्ति पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ७, २०७७
|
|
२६ पटक हेरिएको
Shares
बालबालिकाको सुन लुट्ने महिला र ती किनेर स्वरुप परिर्वतन गरी बच्ने व्यक्ति पक्राउ

सारांश

  • महानगरीय प्रहरी वृत बौद्धले बालबालिका लक्ष्य गरी गरगहना लुट्ने एक महिलालाई पक्राउ गरेको छ ।
  • उपत्यकाका विभिन्न स्थानमा गई बालबालिकाको नाक, कान, घाँटीलगायका ठाउँमा लगाएको सुन तथा बहुमुल्य धातुका सामान लुट्ने कार्यमा संलग्न ३२ वर्षीया सङ्गिता क्षेत्रीलाई प्रहरीले माकलबारीबाट पक्राउ गरेको हो ।
  • म्याग्दी स्थायी घर भई हाल काठमाडौँ बालाजु डेरा गरी बस्ने क्षेत्रीले एक्लै हिँडेका बालबालिकालाई आमाको साथी हुँ भन्दै चकलेट, आइसक्रिम किनेर प्रलोभनमा पार्दै सुन लगायतका धातुका गहना लुट्ने गरेकोे महानगरीय प्रहरी वृतका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो ।

महानगरीय प्रहरी वृत बौद्धले बालबालिका लक्ष्य गरी गरगहना लुट्ने एक महिलालाई पक्राउ गरेको छ । उपत्यकाका विभिन्न स्थानमा गई बालबालिकाको नाक, कान, घाँटीलगायका ठाउँमा लगाएको सुन तथा बहुमुल्य धातुका सामान लुट्ने कार्यमा संलग्न ३२ वर्षीया सङ्गिता क्षेत्रीलाई प्रहरीले माकलबारीबाट पक्राउ गरेको हो ।

म्याग्दी स्थायी घर भई हाल काठमाडौँ बालाजु डेरा गरी बस्ने क्षेत्रीले एक्लै हिँडेका बालबालिकालाई आमाको साथी हुँ भन्दै चकलेट, आइसक्रिम किनेर प्रलोभनमा पार्दै सुन लगायतका धातुका गहना लुट्ने गरेकोे महानगरीय प्रहरी वृतका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो ।

कार्कीका अनुसार विगत लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेकी उक्त महिलाले सुन लुटेको भन्दै उपत्यकाका विभिन्न प्रहरी कार्यालयका गरी २२ पीडित बालबालिकका अभिभावकले उजूरी दिएका थिए । उपत्यकाका बौद्ध, माकलबारी, मनमैजु, कपुरधारा, कोटेश्वर, कपन, आरुबारी, महाङ्काललगायतका क्षेत्रलाई लक्ष्य गरी अभियुक्त क्षेत्रीले चोरी गर्दै आइरहेकी थिइन ।

चार वर्षदेखि दश वर्ष उमेरका बालिबालिकालाई लक्ष्य गरी चोरी गर्ने उक्त महिलालाई प्रहरीले काठमाडौँको माकलबारीबाट गएराति पक्राउ गरी आजै म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगेको छ । प्रहरीले चोरीका गहना किनबेचमा संलग्न रहेको भन्दै एक जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । बिल बिनाका चोरीका गहना अभियुक्त क्षेत्रीले ललितपुरको दर्ता बिनाको सुन पसलमा लगेर बेच्ने गरेको तथ्य प्रहरीले फेला परेको छ ।

काभ्रे घर भई ललितपुर बस्ने ३० वर्षीय मुरली विकले ललितपुर महानगरपालिका–६ कनिबहालमा अवस्थित बिना दर्ता चलाउँदै आएको सुन पसलमा चोरीका गहना सस्तो मूल्यमा किनेर स्वरुप परिर्वतन गरी बच्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका निज विकको पसलबाट रु ३० हजारसहित चुडिएको सिक्रीलगायतका सामान प्रहरीले बरामद गरेको छ । पक्राउ परेका विकलाई समेत प्रहरीले म्याद थप गरी अनुन्धान थालेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनार्दन शर्मालाई कडा कारवाही गरियोस् भन्दै देउवालाई  बाबुरामको ज्ञापनपत्र..
जनार्दन शर्मालाई कडा कारवाही गरियोस् भन्दै देउवालाई बाबुरामको ज्ञापनपत्र..
विधान संशोधनपछि मात्र सरकार विस्तार : उपप्रधानमन्त्री महरा
विधान संशोधनपछि मात्र सरकार विस्तार : उपप्रधानमन्त्री महरा
प्रदेश न ३ मा अनुदान रोक्का गरिने
प्रदेश न ३ मा अनुदान रोक्का गरिने
बिम्स्टेक सुरक्षा : मोदी चढ्ने गाडीसहित भारतीय कमाण्डो टोली पुग्यो काठमाडौंमा
बिम्स्टेक सुरक्षा : मोदी चढ्ने गाडीसहित भारतीय कमाण्डो टोली पुग्यो काठमाडौंमा
काठमाडौँमा विहानै विष्फोट, एक महिला घाइते
काठमाडौँमा विहानै विष्फोट, एक महिला घाइते
प्राकृतिक विपत्तिबाट जोगिन आवश्यक सजगताका लागि प्रधानमन्त्रीकाे आह्वान
प्राकृतिक विपत्तिबाट जोगिन आवश्यक सजगताका लागि प्रधानमन्त्रीकाे आह्वान
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान
बारामा गाडी ट्रकसँग ठोक्कियो, सशस्त्रका एसपीको मृत्यु, सीडीओ घाइते
बारामा गाडी ट्रकसँग ठोक्कियो, सशस्त्रका एसपीको मृत्यु, सीडीओ घाइते
आईसीसी टी-ट्वान्टी एसिया फाइनल छनौटका लागि नेपाली टोलीको घोषणा
आईसीसी टी-ट्वान्टी एसिया फाइनल छनौटका लागि नेपाली टोलीको घोषणा
‘न्यायो झोला उपहार कार्यक्रम’

तपाईंले छुटाउनुभयो कि?