गर्भावस्थामा नरिवल पानी पिउनुका ५ फाइदा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ५, २०८०
|
|
२१ पटक हेरिएको
Shares
गर्भावस्थामा नरिवल पानी पिउनुका ५ फाइदा

सारांश

  • काठमाडौं ।
  • नरिवल पानी स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ ।
  • गर्भावस्थाका बेला यसलाई पिउने गरेमा शरीर हाइड्रेट हुन्छ ।

काठमाडौं । नरिवल पानी स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ । गर्भावस्थाका बेला यसलाई पिउने गरेमा शरीर हाइड्रेट हुन्छ । साथै रक्तचाप पनि नियन्त्रित रहन्छ ।

गर्भावस्थाको बेला नरिवल पानी पिउँदा ५ किसिमका फाइदा प्राप्त हुन्छन् ।

१. गर्भावस्थामा नरिवल पानी पिउँदा शरीरमा डिहाइड्रेसनको समस्या आउँदैन । यसमा लगभग ९५ प्रतिशत पानी हुन्छ जसले इलेक्ट्रोलाइट्सको स्तरलाई सन्तुलित राखेर शरीरलाई हाइड्रेट बनाइराख्छ ।

२. गर्भावस्थाको बेला केही महिलामा उच्च रक्तचापको समस्या पनि देखिन्छ । यस्तोमा नरिवल पानी पिउने गरेमा रक्तचाप नियन्त्रित रहन्छ । यसमा पोटाशियम हुन्छ जसले रक्तचापलाई नियन्त्रित गर्ने काम गर्दछ ।

३. नरिवल पानी पिउँदा पेट सम्बन्धी समस्याबाट पनि छुट्कारा पाउन सकिन्छ । यसलाई पिएमा कब्जियत, अपच, पेट फुल्ने जस्ता समस्या कम हुन्छन् ।

४. गर्भावस्थाको बेला रोग प्रतिरोधात्मक क्षमता बढाउनु एकदमै आवश्यक हुन्छ । जसको काम नरिवल पानीले गर्छ । नरिवल पानी पिउने गरेमा शरीरमा हुने संक्रमण कम हुन्छन् ।

५. आमा सँगै गर्भमा रहेको बच्चाको विकासको लागि पनि नरिवल पानी एकदमै फाइदाजनक हुन्छ । यसमा भिटामिन, मिनरल्स तथा क्याल्सियम भरपूर मात्रामा पाइन्छ । जसले बच्चाको सम्पूर्ण विकासका लागि सहयोग पुर्या‍उँछ । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?