अमेरिका पुर्याउने भनेर मलावीमा बन्धक बनाइएका ६ नेपालीको उद्धार
सारांश
- काठमाडौं ।
- अमेरिका लैजाने भन्दै अफ्रिकाको मलावी लगेर बन्धक बनाइएका ६ नेपालीको उद्धार गरिएको छ ।
- मानव बेचविखन अनुसन्धान व्युरोको समन्वयमा उनीहरुको उद्धार गरिएको हो ।
काठमाडौं । अमेरिका लैजाने भन्दै अफ्रिकाको मलावी लगेर बन्धक बनाइएका ६ नेपालीको उद्धार गरिएको छ । मानव बेचविखन अनुसन्धान व्युरोको समन्वयमा उनीहरुको उद्धार गरिएको हो ।व्युरोका अनुसार नेपाली युवालाई अमेरिका पुर्याउँछु भनी विगत एक वर्षदेखि भियतनाम, इथोपिया, माडागास्कार, जोर्डन,दुबई र अजरबैजान हुँदै अफ्रिकाको मलावी भन्ने मुलुकमा लगी बन्धक बनाइएको पाइएको छ ।
उनीहरुलाई पीडितका अनुसार मानव तस्कर गिरोहले नेपालबाट भिएतनाम २० दिन, इथोपियामा ४ महिना, माडागास्कारमा २५ दिन, जोर्डनमा १ महिना, दुबईमा ४५ दिन र अजरबैजानमा २० दिन राखेको खुलेको छ ।व्युरोका एसपी गोविन्द थपलियाका अनुसार मानव तस्करीमा संलग्न भारतीय मुलका नजिर अहमद पक्राउ परेका छन् । उनलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण)ऐन २०६४ अनुसार अनुसन्धान र कारवाही प्रक्रिया अगाडी बढाइएको एसपी थपलियाले बताए ।
प्रतिक्रिया