मनहरिमा बस र ट्रिपर ठोक्किँदा दुईजनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १७, २०७४
|
|
२८ पटक हेरिएको
Shares
मनहरिमा बस र ट्रिपर ठोक्किँदा दुईजनाको मृत्यु

सारांश

  • मकवानपुर, जेठ १७ – मकवानपुरको मनहरि गाउँपालिका वडा नम्बर ६ मा बस र ट्रिपर ठोक्किँदा दुईजनाको ज्यान गएको छ ।
  • ११ जना घाइते भएका छन् ।
  • काठमाडौंबाट झापाका लागि छुटेको ना ५ ख ६१२३ नम्बरको बस र हेटौंडाबाट चितवनतर्फ छुटेको ना ४ ख ८३ नम्बरको ट्रिपर ठोक्किएको हो ।

मकवानपुर, जेठ १७ – मकवानपुरको मनहरि गाउँपालिका वडा नम्बर ६ मा बस र ट्रिपर ठोक्किँदा दुईजनाको ज्यान गएको छ । ११ जना घाइते भएका छन् ।

काठमाडौंबाट झापाका लागि छुटेको ना ५ ख ६१२३ नम्बरको बस र हेटौंडाबाट चितवनतर्फ छुटेको ना ४ ख ८३ नम्बरको ट्रिपर ठोक्किएको हो । दुर्घटनामा ज्यान गुमाउने दुवै जना र घाइतेहरु बसका यात्रु रहेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार संखुवासभाका २९ वर्षका केशबहादुर लाभा र भारत कमैयाका ३० वर्षका मोहम्मद सलाउद्दिनको ज्यान गएको छ । घाइते ११ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?