‘बाढीले ठूलै संकट ल्याएको छ,क्षतिको रिपोर्टका आधारमा योजना बनाउने,गृहमन्त्री शर्मा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ३१, २०७४
|
|
५७ पटक हेरिएको
Shares
‘बाढीले ठूलै संकट ल्याएको छ,क्षतिको रिपोर्टका आधारमा योजना बनाउने,गृहमन्त्री शर्मा

सारांश

  • लगातारको वर्षापछि आएको बाढीका कारण तराई मधेसका जिल्लाहरुमा ‘कल्पना गरेभन्दा बढी’ नै क्षति भएको एक मन्त्रीले बताएका छन् ।
  • प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका गृहमन्त्री जनार्दन शर्मा, रक्षामन्त्री भीमसेनदास प्रधानसहित सुरक्षा प्रमुखहरुले सोमबार दिनभर हेलिकोप्टरबाट बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।
  • यो टोलीले ठाउँठाउँमा अवतरण गरेर बाढी पीडितहरुको गुनासो समेत सुनेको छ ।

लगातारको वर्षापछि आएको बाढीका कारण तराई मधेसका जिल्लाहरुमा ‘कल्पना गरेभन्दा बढी’ नै क्षति भएको एक मन्त्रीले बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका गृहमन्त्री जनार्दन शर्मा, रक्षामन्त्री भीमसेनदास प्रधानसहित सुरक्षा प्रमुखहरुले सोमबार दिनभर हेलिकोप्टरबाट बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । यो टोलीले ठाउँठाउँमा अवतरण गरेर बाढी पीडितहरुको गुनासो समेत सुनेको छ ।

गृहमन्त्री शर्माले भने, ‘कोशीको बाँध फुटेका कारण आएको बाढीले ठूलो क्षति भएको थियो । तर, यो त वषर्ाको पानी मात्र थियो तर, ठूलो क्षति पुर्‍याएको छ ।’

अनुगमनमा खटिएका अधिकारीका अनुसार अहिले पनि धेेरै भूभाग जलमग्न छन् । माथि आकाशबाट हेर्दा घरहरु समुन्द्रमा तैरिएका जहाज जस्तै देखिए ।

रक्षामन्त्री भीमसेनदास प्रधानले भने, ‘हामीले कल्पना गरेभन्दा बढी नै क्षति भएको देखियो ।’गृहमन्त्री शर्माले बाढीबाट भएको क्षति अझ बढ्न सक्ने अनलाइनखबरलाई बताए । ‘क्षतिको जति विवरण आएको छ, यो अझ बढ्छ’ उनले भने, ‘पानी घट्यो भने केही संरचना जस्ताको तस्तै बस्लान् । तर, कतिपय ठाउँमा बगाएका छन् भने कतिपय ठाउँमा पुरिएका छन् ।’

बाढीबाट भएको क्षतिको प्रारम्भिक रिपोर्ट ७ दिनभित्र संकलन गर्ने सरकारको योजना छ ।

क्षतिको रिपोर्टका आधारमा योजना बनाउने भन्दै गृहमन्त्री शर्माले भने, ‘बाढीले ठूलै संकट ल्याएको छ, त्यसअनुसारकै उच्चस्तरको योजना ल्याउनुपर्छ ।’

क्षतिको प्रारम्भिक रिपोर्ट नआउँदासम्म बाढी प्रभावितहरुलाई अस्थायी तर, सुरक्षित स्थानमा सार्ने र राहत सामाग्री वितरण गरिने मन्त्री शर्माले बताए । उनका अनुसार केही स्थानमा सोमबार नै राहत वितरण सुरु भएको छ ।

सरकारले राहत वितरणमा एकद्वार प्रणाली लागू गरेको छ । सहयोग गर्ने संघ संस्थाले सरकारी निकायमा जम्मा गर्नुपर्नेछ, जुन स्थानीय दैवी प्रकोप उद्धार समितिमार्फत प्रभावितहरुसम्म पुर्‍याइने मन्त्री शर्माले बताए ।

स्थानीय निर्वाचन भएका क्षेत्रमा राहत वितरणमा जनप्रतिनिधिहरुलाई पनि खटाइनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूकम्प पिडितलाई यथासक्दाे चाडो पुनर्वास गराउन मुख्यमन्त्री पौडेलको आग्रह
भूकम्प पिडितलाई यथासक्दाे चाडो पुनर्वास गराउन मुख्यमन्त्री पौडेलको आग्रह
‘बालकुमारी घटनामा कमजोरी देखिएको प्रारम्भिक निष्कर्ष’
‘बालकुमारी घटनामा कमजोरी देखिएको प्रारम्भिक निष्कर्ष’
चट्याङबाट बच्न रक्सी छर्केर घरभित्र पस्छन् फलामखानीवासी
चट्याङबाट बच्न रक्सी छर्केर घरभित्र पस्छन् फलामखानीवासी
ओली नेतृत्वको स्थिर सरकार,नेपाली जनताको चाहना : भाजपा नेता विजय जोली ( भिडियो अन्तर्वार्ता)
ओली नेतृत्वको स्थिर सरकार,नेपाली जनताको चाहना : भाजपा नेता विजय जोली ( भिडियो अन्तर्वार्ता)
काङ्ग्रेसद्वारा संविधान प्रतिकूल हुने विधेयक फिर्ता गर्न माग
काङ्ग्रेसद्वारा संविधान प्रतिकूल हुने विधेयक फिर्ता गर्न माग
अन्ततः भिड्ने नै भए शेरबहादुर देउवा र प्रकाशमान, कसले मार्ला बाजी ?
असोज २८ गते बुधवारको राशिफल यस्तो छ
असोज २८ गते बुधवारको राशिफल यस्तो छ
एमाले अध्यक्ष ओली गृह जिल्लामा आज यी कार्यक्रममा व्यस्त
मिडियाले सिपाहीको भूमिका निर्वाह गर्नुपर्छ: मुख्यमन्त्री शाही
मिडियाले सिपाहीको भूमिका निर्वाह गर्नुपर्छ: मुख्यमन्त्री शाही
How To Get Your Ex Back Into Wanting You ! Most Effective Way To Get Your Ex Back.
How To Get Your Ex Back Into Wanting You ! Most Effective Way To Get Your Ex Back.