भ्रष्टाचार निर्मूल गर्ने प्रयत्न गर्नुपर्छ : शशाङ्क कोइराला

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ५, २०८०
|
|
३० पटक हेरिएको
Shares
भ्रष्टाचार निर्मूल गर्ने प्रयत्न गर्नुपर्छ : शशाङ्क कोइराला

सारांश

  • काठमाडौं ।
  • नेपाली कांग्रेसका नेता एवं सङ्घीय सांसद डा शशाङ्क कोइरालाले भ्रष्टाचार निर्मूल गर्ने प्रयत्न गर्नुपर्ने बताएका छन् ।
  • नवलपुरको कावासोतीमा भएको नेपाल प्रेस युनियन नवलपरासीपूर्व नवलपुरको एघारौँ साधारणसभा तथा अधिवेशनमा उनले संसद्मा भ्रष्टाचारका सम्बन्धमा आफ्नो भनाइमा प्रष्टीकरण दिँदै भने, ‘मैले भ्रष्टाचार निर्मूल हुन त सक्दैन, कम गर्नुपर्छ भन्दा सबै हाँसे, निर्मूल गर्ने त प्रयत्न गर्नुपर्छ, प्रयत्न गर्नुपर्यो भन्ने मेरो भनाइ थियो, यसलाई प्रष्टीकरणका रुपमा यहाँ भन्दै छु ।

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सङ्घीय सांसद डा शशाङ्क कोइरालाले भ्रष्टाचार निर्मूल गर्ने प्रयत्न गर्नुपर्ने बताएका छन् ।

नवलपुरको कावासोतीमा भएको नेपाल प्रेस युनियन नवलपरासीपूर्व नवलपुरको एघारौँ साधारणसभा तथा अधिवेशनमा उनले संसद्मा भ्रष्टाचारका सम्बन्धमा आफ्नो भनाइमा प्रष्टीकरण दिँदै भने, ‘मैले भ्रष्टाचार निर्मूल हुन त सक्दैन, कम गर्नुपर्छ भन्दा सबै हाँसे, निर्मूल गर्ने त प्रयत्न गर्नुपर्छ, प्रयत्न गर्नुपर्यो भन्ने मेरो भनाइ थियो, यसलाई प्रष्टीकरणका रुपमा यहाँ भन्दै छु ।’

सो अवसरमा उनले समाज रूपान्तरणमा पत्रकारको ठूलो भूमिका रहने बताए । ‘जसले पत्रकारिता बुझेको छ, समाचार स्रपे्रषण गर्छन्, तिनीहरुको समाज रूपान्तरणमा ठूलो भूमिका हुन्छ ।’ नेता कोइरालाले निष्पक्ष भएर समाचार सम्प्रेषण गर्नु पत्रकारको कर्तव्य भएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?