बाबु सूर्यबहादुर थापामाथि हत्या आरोप, छोरा सुनीलबहादुर थापा सहिद घोषणाको प्रस्तावक

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष २९, २०७४
|
|
३६ पटक हेरिएको
Shares
बाबु सूर्यबहादुर थापामाथि हत्या आरोप, छोरा सुनीलबहादुर थापा सहिद घोषणाको प्रस्तावक

सारांश

  • काठमाडाैं,पुस २९ ।
  •   सरकारले ०३७ मा धनकुटाको छिन्ताङमा हत्या गरिएका १६ जनालाई सहिद घोषणा गरेको छ ।
  • प्रजातन्त्र हुँदै गणतन्त्र स्थापनामा उनीहरूको भूमिकाको सम्मान गर्दै हत्याकाण्डको ३७ वर्षपछि शुक्रबार सहिद घोषणा गरिएको हो ।

काठमाडाैं,पुस २९ ।  सरकारले ०३७ मा धनकुटाको छिन्ताङमा हत्या गरिएका १६ जनालाई सहिद घोषणा गरेको छ । प्रजातन्त्र हुँदै गणतन्त्र स्थापनामा उनीहरूको भूमिकाको सम्मान गर्दै हत्याकाण्डको ३७ वर्षपछि शुक्रबार सहिद घोषणा गरिएको हो ।

आजको नयाँ पत्रिकामा खबर छ-पञ्चायतकालमा सूर्यबहादुर थापा नेतृत्वको सरकारले कम्युनिस्टविरुद्धको अप्रेसन सञ्चालन गर्दा तत्कालीन मालेका कार्यकर्ता भएको आरोपमा छिन्ताङमा १६ जनाको सामूहिक हत्या गरेको थियो । उक्त हत्याकाण्ड तत्कालीन प्रधानमन्त्री थापाको प्रत्यक्ष निर्देशनमा भएको आरोप लाग्दै आएको छ । लामो समयदेखि हत्याकाण्डमा मारिएकालाई सहिद घोषणा गर्न माग भए पनि सरकारले सम्बोधन गरेको थिएन ।

बाबुमाथि हत्या आरोप, छोरा सहिद घोषणाको प्रस्तावक

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर थापाको प्रस्तावमा मन्त्रिपरिषद्ले उनीहरूलाई सहिद घोषणा गरेको हो । उद्योगमन्त्रीसमेत रहेका थापाले मन्त्रिपरिषद्मा सहिद घोषणा गर्ने प्रस्ताव पेस गरेका थिए । प्रस्तावमा छिन्ताङ घटनामा शाहदत प्राप्त गर्ने व्यक्तिको प्रजातन्त्र ल्याउने अभिलाषा पूरा भई गणतन्त्रसमेत स्थापना भइसकेको पृष्ठभूमिमा उनीहरूको अमूल्य भूमिकाको कदर गर्दै सहिद घोषणा गर्न माग गरिएको थियो ।

सहिद घोषणा गरिएकाहरू

-गोपालआनन्द राई

-गंगाबहादुर तुर्हाङ राई

-भैरवबहादुर खालिङ

-बलबहादुर खत्री

-पुत्रमान राई

-टंकबहादुर विश्वकर्मा

-रणध्वज पुमा राई

-गणेशबहादुर विश्वकर्मा

-हाङ्खिमा साइँली राई

-झगेन्द्र राई

-धनवीर दर्जी

-चन्द्रबहादुर दमाईं

-रामकुमारी राई

-गम्भीरमान दर्जी

-केशरमान राई

-लाखमान साधु राई

यस्तै सरकारले १० वर्षे जनयुद्धका क्रममा मारिएका राप्रपा र राप्रपा प्रजातान्त्रिकका पाँच कार्यकर्तालाई समेत सहिद घोषणा गरेको छ । युद्धकालमा उनीहरू धनकुटामा फरक–फरक घटनामा माओवादीबाट मारिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणकाजी श्रेष्ठ र डा. केसीका सहयोगीबीच मध्ये राति यस्तो भयो सहमति
नारायणकाजी श्रेष्ठ र डा. केसीका सहयोगीबीच मध्ये राति यस्तो भयो सहमति
डा गोविन्द केसीलाई जर्बजस्ती काठमाडौं ल्याउन सरकारी टोली जुम्लामा, के अाउलान् र केसी ?
डा गोविन्द केसीलाई जर्बजस्ती काठमाडौं ल्याउन सरकारी टोली जुम्लामा, के अाउलान् र केसी ?
शौचालयको अभावमा बलात्कारका घटना
अस्पताल नआउने डाक्टरलाई कारवाही गर्ने मन्त्रीको प्रतिवद्धता
अस्पताल नआउने डाक्टरलाई कारवाही गर्ने मन्त्रीको प्रतिवद्धता
निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचनको परिणाम, सरकार गठनको बाटो खुला
निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचनको परिणाम, सरकार गठनको बाटो खुला
प्रधानमन्त्रीले पार्टीकाे निर्णय मान्नुपर्छ : प्रचण्ड
प्रधानमन्त्रीले पार्टीकाे निर्णय मान्नुपर्छ : प्रचण्ड
सप्तरी प्रहरीले विभिन्न स्थानबाट चारजनासहित पाँचवटा चोरी को मोटरसाइकल पक्राउ
सप्तरी प्रहरीले विभिन्न स्थानबाट चारजनासहित पाँचवटा चोरी को मोटरसाइकल पक्राउ
सात किलो चरेससहित पक्राउ
सात किलो चरेससहित पक्राउ
बर्दिया,गुल्मी,सुनसरी,कञ्चनपुर,तेह्रथुम को ताजा पारीणाम
बर्दिया,गुल्मी,सुनसरी,कञ्चनपुर,तेह्रथुम को ताजा पारीणाम
तपाईंलाई सांसद बनाएका हौं, कम्प्युटरले नाम हटायो त के गर्ने : केपी ओली
तपाईंलाई सांसद बनाएका हौं, कम्प्युटरले नाम हटायो त के गर्ने : केपी ओली

तपाईंले छुटाउनुभयो कि?