‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीको स्पष्टोक्ति

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २६, २०८०
|
|
३३ पटक हेरिएको
Shares
‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीको स्पष्टोक्ति

सारांश

  • काठमाडाैं ।
  • भारतीय विदेशमन्त्री एस जयशङ्करले ‘अखण्ड भारत’ नक्साका विषयमा स्पष्ट पार्दै सो विषयका बारेमा छिमेकी मुलुकहरूले बुझिसकेका छन् भन्ने आफूलाई लागेको बताएका छन् ।
  • भारतको नवनिर्मित संसद् भवनमा राखिएको उक्त भित्ते नक्सामा नेपालको समेत केही भूभाग समेटिएको भन्दै नेपालमा समेत सो विषयमा कुरा उठिरहेका बेला उनले आज नयाँ दिल्लीमा सञ्चारकर्मीसँग कुरा गर्दै स्पष्ट पारेका हुन् ।

काठमाडाैं । भारतीय विदेशमन्त्री एस जयशङ्करले ‘अखण्ड भारत’ नक्साका विषयमा स्पष्ट पार्दै सो विषयका बारेमा छिमेकी मुलुकहरूले बुझिसकेका छन् भन्ने आफूलाई लागेको बताएका छन् ।

भारतको नवनिर्मित संसद् भवनमा राखिएको उक्त भित्ते नक्सामा नेपालको समेत केही भूभाग समेटिएको भन्दै नेपालमा समेत सो विषयमा कुरा उठिरहेका बेला उनले आज नयाँ दिल्लीमा सञ्चारकर्मीसँग कुरा गर्दै स्पष्ट पारेका हुन् ।

उक्त नक्साका सम्बन्धमा यसअघि मन्त्रालयका प्रवक्ताले स्पष्ट पारिसकेको उल्लेख गर्दै विदेशमन्त्री जयशङ्करले सो नक्साकै तल साइनबोर्डमा ऐतिहासिक अशोक साम्राज्यको नक्साका बारेमा वर्णन गरिएको समेत बताए ।

यो राजनीतिक विषय बन्न नहुने बताउँदै र छिमेकी मित्र मुलुकहरूले यो विषयका बारेमा बुझिसकेका छन् भन्ने आफूलाई लागेको उल्लेख गर्दै उनले छिमेकी मुलुकहरूलाई स्पष्टिकरण चाहियो भने पनि त्यो ठूलो कुरा नभएको धारणा व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ल्होसार गुथुक साँझको तयारी पुरा, साम्दे शेर्पा पुररस्कारबाट पुरस्कृत हुँदैछन् यी ३ श्रष्टा
ल्होसार गुथुक साँझको तयारी पुरा, साम्दे शेर्पा पुररस्कारबाट पुरस्कृत हुँदैछन् यी ३ श्रष्टा
कृषि शिक्षाप्रति आकर्षण बढ्दै
कृषि शिक्षाप्रति आकर्षण बढ्दै
दाङ  दङिशरण गाउपालीकाको पहिलो मत परिणाम,एमालेको अग्रता
दाङ दङिशरण गाउपालीकाको पहिलो मत परिणाम,एमालेको अग्रता
खर्चालु चुनाव नरोक्दा युवा भ्रष्टचारी हुने: पूर्वसभामुख ढुंगाना
खर्चालु चुनाव नरोक्दा युवा भ्रष्टचारी हुने: पूर्वसभामुख ढुंगाना
कमल थापाको चियापान प्रधानमन्त्री ओली र मन्त्रीहरुद्धारा बहिष्कार !
कमल थापाको चियापान प्रधानमन्त्री ओली र मन्त्रीहरुद्धारा बहिष्कार !
मन्त्री शर्मा भन्छिन्: “सूचना प्रविधिको प्रयोग बढ्दो, तर राजस्व घट्दो किन ?”
मन्त्री शर्मा भन्छिन्: “सूचना प्रविधिको प्रयोग बढ्दो, तर राजस्व घट्दो किन ?”
निर्वाचनले ततायो तराइमा बढेको चिसोलाई
निर्वाचनले ततायो तराइमा बढेको चिसोलाई
स्वास्थ्य बीमा कार्यक्रम अब उपत्यकाभित्रका सबै पालिकामा लागू हुने
स्वास्थ्य बीमा कार्यक्रम अब उपत्यकाभित्रका सबै पालिकामा लागू हुने
प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपतिबीच भेट
प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपतिबीच भेट
राष्ट्रिय जनता पार्टी सरकारमा जाने !
राष्ट्रिय जनता पार्टी सरकारमा जाने !

तपाईंले छुटाउनुभयो कि?