खर्चालु चुनाव नरोक्दा युवा भ्रष्टचारी हुने: पूर्वसभामुख ढुंगाना

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ११, २०७४
|
|
५७ पटक हेरिएको
Shares
खर्चालु चुनाव नरोक्दा युवा भ्रष्टचारी हुने: पूर्वसभामुख ढुंगाना

सारांश

  • पूर्वसभामुख तथा नेपाली काँग्रेसका नेता दमननाथ ढुंगानाले राजनीतिलाई पेशा नबनाउन दलका नेतासँग आग्रह गर्नुभएको छ ।
  • नेपाली काँग्रेस, बालकोट इकाइ समितिद्वारा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले राजनीति कमाइ गर्ने पेशा नभई सामाजिक सेवा भएकाले राजनीतिबाट कमाउन चाहनेले राजनीतिलाई प्रदूषित हुनबाट जोगाउनुपर्ने बताउनुभयो ।
  • चुनावीसभामा उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै उहाँले निर्वाचनमा हारजित जुनसुकै पक्ष विपक्षको भए पनि राजनीतिभित्र भ्रष्टाचार मौलाउँदै गएकाले नैतिक चरित्र बोकेका नेतालाई मतदान गर्न आग्रह गर्नुभएको छ ।

पूर्वसभामुख तथा नेपाली काँग्रेसका नेता दमननाथ ढुंगानाले राजनीतिलाई पेशा नबनाउन दलका नेतासँग आग्रह गर्नुभएको छ ।

नेपाली काँग्रेस, बालकोट इकाइ समितिद्वारा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले राजनीति कमाइ गर्ने पेशा नभई सामाजिक सेवा भएकाले राजनीतिबाट कमाउन चाहनेले राजनीतिलाई प्रदूषित हुनबाट जोगाउनुपर्ने बताउनुभयो ।

चुनावीसभामा उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै उहाँले निर्वाचनमा हारजित जुनसुकै पक्ष विपक्षको भए पनि राजनीतिभित्र भ्रष्टाचार मौलाउँदै गएकाले नैतिक चरित्र बोकेका नेतालाई मतदान गर्न आग्रह गर्नुभएको छ ।
उहाँले निष्ठा, पारदर्शिता र चरित्रवान नेताको समाजमा अभाव देखिएकाले नेताप्रति जनताको विश्वास घट्दै गएको बताउनुभयो ।

नेपाली काँग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठबन्धन भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारसमेत बन्नुभएका पूर्वसभामुख ढुंगानाले माओवादी र सरकारबीच मध्यस्तकर्ता भई माओवादीलाई वार्तामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

मंसिर २१ गते मुलुकभर हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सन्दर्भमा यहाँ आयोजित चुनावीसभालाई सम्बोधन गर्दै ढुंगानाले खर्चालु चुनावलाई नरोक्ने हो भने युवा भ्रष्ट हुने र कालान्तरमा समाजमा निष्ठाको राजनीति हराउँदै जाने बताउनुभयो ।

उहाँले राजनीतिमा देखिएको विकृतिलाई हटाउन, संविधान र संघीयता कार्यान्वयन गर्न र छुटेका विषयलाई संविधानमा उल्लेख गरी भ्रष्टाचारमुक्त समतामूलक समाजको निर्माणका लागि आफू नेपाली काँग्रेसको उम्मेदवार भएको बताउनुभयो ।

त्यसैगरी सो समारोहमा भक्तपुरको प्रदेशसभा (सूर्यविनायक) –१ लागि नेपाली काँग्रेसबाट उम्मेदवार बन्नुभएका युवा नेता अंगत खड्काले भक्तपुरमा देखिएको बेरोजगार समस्यालाई समाधान गर्न आफूले एक युवा स्वरोजगार कोष स्थापन गरी विकास निर्माणमा अघि बढ्ने बताउनुभयो ।

भक्तपुरको क्षेत्र नं २मा प्रतिनिधिसभातर्फ लोकतान्त्रिक गठबन्धनबाट पूर्वसभामुख दमननाथ ढुंगाना र वाम गठबन्धनबाट पूर्वमन्त्री महेश बस्नेतको उम्मेदवारी परेको छ भने नेमकिपाबाट अनुराधा थापा मगरको । ढुंगाना पूर्वसभामुख, बस्नेत पूर्वमन्त्री हुन् भने थापा निवर्तमान सांसद हुन् ।

सो क्षेत्रमा मध्यपुर ठिमी नगरपालिका र सूर्यविनायक नगरपालिका पर्छ । उक्त क्षेत्रमा कूल ८३ हजार ९३१ मतदाता रहेका छन् । क्षेत्र नं २ अन्तर्गतको प्रदेश नं १ (सूर्यविनायक) मा लोकतान्त्रिक गठबन्धनबाट अंगत खड्का र वाम गठबन्धनबाट शशिजंग थापा, एवं नेपाल मजदुर किसान पार्टीबाट सरोजराज गोसाइ चुनावी मैदानमा हुनुुहुन्छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभा निर्वाचनको मतदान जारी
राष्ट्रियसभा निर्वाचनको मतदान जारी
निर्मला पन्त हत्या प्रकरणः डिएसपी कृष्णराज ओझालाई अनुसन्धान अधिकृत तोकियो
निर्मला पन्त हत्या प्रकरणः डिएसपी कृष्णराज ओझालाई अनुसन्धान अधिकृत तोकियो
२३ वर्ष देखि सँगै यो बलिउड जाेडी, चलचित्रकाे १२०० सय हप्ता पुरा !
२३ वर्ष देखि सँगै यो बलिउड जाेडी, चलचित्रकाे १२०० सय हप्ता पुरा !
‘हाम्रा नीति, नियम र व्यवहार कानुनअनुसार हुनुपर्छ’: सञ्चार मन्त्री शर्मा
‘हाम्रा नीति, नियम र व्यवहार कानुनअनुसार हुनुपर्छ’: सञ्चार मन्त्री शर्मा
श्रमिकलाई आर्थिक बोझ थपिने निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन
श्रमिकलाई आर्थिक बोझ थपिने निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन
विजयका उम्मेदवारलाई कडा मिहिनेत गर्नुपर्छ : केन्द्रीय सदस्य साउद
सत्तारुढ दलबिचमा चरम असन्तुष्टि, मन्त्री परिषदको विस्तारको महाभारत ,अझै टुङ्गो लागेन..
सत्तारुढ दलबिचमा चरम असन्तुष्टि, मन्त्री परिषदको विस्तारको महाभारत ,अझै टुङ्गो लागेन..
ललितपुरमा अपराधका घटना वृद्धि !
ललितपुरमा अपराधका घटना वृद्धि !
संघीय समाजवादी फोरम र नेकपा माओवादी कम्युनिष्ट केन्द्रबीच एकीकरण
संघीय समाजवादी फोरम र नेकपा माओवादी कम्युनिष्ट केन्द्रबीच एकीकरण
किन छान्न सकेनन् प्रचण्डले नेकपा स्थायी कमिटिमा माओवादी केन्द्रका तर्फबाट ६ जनाको नाम ?
किन छान्न सकेनन् प्रचण्डले नेकपा स्थायी कमिटिमा माओवादी केन्द्रका तर्फबाट ६ जनाको नाम ?