निर्वाचनले ततायो तराइमा बढेको चिसोलाई
सारांश
- तराइमा चिसो बढदै जान थालेको छ भने चुनावी गतिविधि तात्दै जान थालेको छ ।
- उम्मेदवारहरु मत माग्नका लागि मतदाताकोमा जाने क्रम बढेको छ ।
- रौतहटको उत्तरी भेग समेटिएको चार नम्बर क्षेत्रमा चुनावी चहल पहल बढेको छ ।
तराइमा चिसो बढदै जान थालेको छ भने चुनावी गतिविधि तात्दै जान थालेको छ । उम्मेदवारहरु मत माग्नका लागि मतदाताकोमा जाने क्रम बढेको छ । रौतहटको उत्तरी भेग समेटिएको चार नम्बर क्षेत्रमा चुनावी चहल पहल बढेको छ । उम्मेदवारसंग जनतालाई दिने विकासे खाका खासै नभएपनि उनीहरु आफुले चुनाव जितेमा चार नम्बर क्षेत्रको समग्र विकासका लागि पहल गर्ने भन्दै मतदाताकहाँ गएका छन् ।
उम्मेदवारहरु भोट माग्न आएपनि उनीहरुले आफुले जितेमा के गर्ने भन्ने स्पस्ष्ट खाका दिन नसकेको चन्द्रपुर नगरपालिकाको पौराईका स्थानीय बासिन्दा विजय न्यौपानेको भनाइ छ । कांग्रेसका प्रतिनिधिसभा सदस्य देव प्रसाद तिमल्सिना र वाम गठबन्धनका उम्मेदवार डाक्टर बंसिधर मिश्रले आफ्नो चुनावी गतिविधिलाई तिव्र बनाएका छन् । रौतहट ४ मा यिनै दुई उम्मेदवार बीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । उनीहरु आफुले चुनाव जितेमा समग्र क्षेत्रको विकास गर्ने बताउदै आएका छन् । पार्टी केन्द्रको घोषणापत्रलाई आधार मानेर उनीहरुले मतदाता आर्कषित गर्न थालेका छन् ।
कांग्रेसका युवा तथा लोकप्रिय नेता तिमलसिनालाई चार नम्बर क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार डाक्टर बंसिधर मिश्रले कडा चुनौती दिने वाम गठबन्धनका रौतहट नेता युवराज भट्टराईले बताए । यता कांग्रेसका उम्मेदवार तिमल्सिनाले भने आफ्नो जितलाई कसैले रोक्न नसक्ने भन्दै वाम गठबन्धनलाई च्यालेन्ज गरेका छन् । नेकपा एमाले ,माओवादी गठबन्धनका नेता कार्यकर्ता डाक्टरलाई चुनाव जसरी पनि जिताउने अभियानमा लागेका छन् भने कांग्रेसका नेता कार्यकर्ता वाम गठबन्धनलाई जसरी पनि यसपटक हराउने अभियानमा लागेका छन् ।
डाक्टर दुई पटक रौतहटबाट प्रत्यक्ष र एक पटक समानुपातिक सभासद हुनुका साथै स्वास्थ्य राज्य मन्त्री भइसकेका उम्मेदवार हुन् भने तिमलसिना कांग्रेसको तल्लो स्तरको राजनीतिबाट उदाउदै गएको संविधानसभा निर्वाचनमा झिनो मतअन्तरले पराजित भएका थिए । डाक्टर आफुले जितेमा रौतहट ४ का समस्यालाई सहजै सिंहदरवारमा पु¥याउन सक्ने उम्मेदवारका रुपमा मतदाता कहा मतदाता कहा गइरहेका छन् भने तिमल्सिना आफुले स्थानीय स्तरमा जनताको सेवा गरेको र जितेमा पनि जनताको सेवामा सक्रिय रहने भन्दै मतदातालाई आफ्नो पक्षमा ल्याउने अभियानमा सक्रिय भएर लागेका छन् । यता रौतहट ४ को क बाट प्रदेशसभा सदस्यका लागि पुर्व सभासद देवेन्द्र पटेललाई उनकै पार्टीबाट स्वतन्त्र उम्मेदवार बनेका राजु धामीको चुनौती कायम छ । पटेलले भने धामीको उम्मेदवारीले आफुलाई खासै असर नगर्ने प्रतिक्रिया दिएका छन् ।
(Ultram)
प्रतिक्रिया