कमल थापाको चियापान प्रधानमन्त्री ओली र मन्त्रीहरुद्धारा बहिष्कार !

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष २८, २०७५
|
|
२० पटक हेरिएको
Shares
कमल थापाको चियापान प्रधानमन्त्री ओली र मन्त्रीहरुद्धारा बहिष्कार !

सारांश

  • काठमाडौं, २७ पुस ।
  • पृथ्वी जयन्तीको अवसरमा राप्रपाले आज आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली गएनन् ।
  • उनका मन्त्रीहरुपनि कोही चियापानमा गएनन ।

काठमाडौं, २७ पुस । पृथ्वी जयन्तीको अवसरमा राप्रपाले आज आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली गएनन् । उनका मन्त्रीहरुपनि कोही चियापानमा गएनन ।

प्रधानमन्त्री ओली चियापानमा आउनेमा राप्रपा अध्यक्ष कमल थापा भने विश्वस्त थिए । थापाले प्रधानमन्त्री आउने भनेर नै नेता तथा कार्यकर्ताहरुलाई ब्रिफ गरेका थिए । तर, अन्तिममा आएर प्रधानमन्त्रीले उनलाई निराश तुल्याए ।

कार्यक्रम अवधिभर अध्यक्ष थापाले प्रधानमन्त्रीलाई पर्खिएका थिए । चियापान दिउँसो १ बजेदेखि सुरु भएर ३ बजे समापन हुने भनेर थापाले अघिल्लो दिन नै रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा जानकारी दिएका थिए ।

सोही अनुसार थापाले दिउँसो ३ बजेसम्म पनि प्रधानमन्त्री ओलीलाई कुरेका थिए । तर, ओली नआएपछि उनले पत्रकारहरुसँग राष्ट्रिय एकता दिवस मनाउन पाएकोमा खुसी व्यक्त गरेका थिए ।

मन्त्रीहरु पनि आजको राप्रपाको चियापानमा गएनन् । स्रोतका अनुसार ओलीले नै मन्त्रीहरुलाई आजको चियापानमा नजान निर्देशन दिएका थिए ।

कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल, खिलराज रेग्मी उपस्थित भएका थिए । त्यस्तै संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङपनि निकै बेर बसेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्घटनामा घाइते प्राडा यादवको निधन
दुर्घटनामा घाइते प्राडा यादवको निधन
एसीसी यू-१९ एशिया कपका लागि दुई नयाँ अनुहार
एसीसी यू-१९ एशिया कपका लागि दुई नयाँ अनुहार
राजाकाे अादेशमा गाडि चलाउँदै साउदी महिला
राजाकाे अादेशमा गाडि चलाउँदै साउदी महिला
अप्रेशन ‘फोक्सट्रोट चार्ली’ मा थप एक डाक्टर पक्राउ
अप्रेशन ‘फोक्सट्रोट चार्ली’ मा थप एक डाक्टर पक्राउ
त्रीभुवन अन्तराष्ट्रीय बिमानस्थलको  बिकल्पका रुपमा गौतमबुद्ध बिमानस्थल रहने: मन्त्री अधिकारी
त्रीभुवन अन्तराष्ट्रीय बिमानस्थलको बिकल्पका रुपमा गौतमबुद्ध बिमानस्थल रहने: मन्त्री अधिकारी
अाेमानकाे ५० रन पुरा, १५ अाेभरकाे खेल सकिँदा दुवै टाेलि समान अवस्थामा
अाेमानकाे ५० रन पुरा, १५ अाेभरकाे खेल सकिँदा दुवै टाेलि समान अवस्थामा
के गर्मी महिनामा कोरोनाभाइरस महामारी कम होला ?
के गर्मी महिनामा कोरोनाभाइरस महामारी कम होला ?
पुष्पलाल र गंगालालको जन्म थलोबाट सीता केसीको हुंकार : कम्युनिष्ट झण्डा फहराएरै छोड्छौँ
पुष्पलाल र गंगालालको जन्म थलोबाट सीता केसीको हुंकार : कम्युनिष्ट झण्डा फहराएरै छोड्छौँ
पहिलो महिला प्रधानमन्त्री कार्कीका चुनौती : जेनजी र दलहरुलाई रिझाउनै मुस्किल
पहिलो महिला प्रधानमन्त्री कार्कीका चुनौती : जेनजी र दलहरुलाई रिझाउनै मुस्किल
त्रिवि अन्तर्गतका क्याम्पस बन्द
त्रिवि अन्तर्गतका क्याम्पस बन्द

तपाईंले छुटाउनुभयो कि?