राष्ट्रिय जनता पार्टी सरकारमा जाने !

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २७, २०७५
|
|
१५ पटक हेरिएको
Shares
राष्ट्रिय जनता पार्टी सरकारमा जाने !

सारांश

  • महेन्द्रनगर, धनुषा, २७ जेठ ।
  • राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक महन्थ ठाकुरले राजपा पनि सरकारमा जान इच्छुक रहेको बताउनुभएको छ ।
  • उहाँले सरकारमै जान पार्टी बनेको भन्नुहुँदै यद्यपि आफ्नो पार्टीले सरकारमा जाने निर्णय भने गरी नसकेको बताउनुभयो ।

महेन्द्रनगर, धनुषा, २७ जेठ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक महन्थ ठाकुरले राजपा पनि सरकारमा जान इच्छुक रहेको बताउनुभएको छ ।

उहाँले सरकारमै जान पार्टी बनेको भन्नुहुँदै यद्यपि आफ्नो पार्टीले सरकारमा जाने निर्णय भने गरी नसकेको बताउनुभयो ।

राजनीतिक समितिको बैठक टारेर जनकपुर आउनुभएका संयोजक ठाकुरले विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै भन्नुभयो, “हरेक पार्टीको ध्येय सरकारमा पुग्ने हो । र, पार्टी गठन पनि त्यही उद्देश्यका साथ भएको हुन्छ ।” उहाँले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुन संविधान संशोधन हुनुपर्ने अडान चाहिँ परिवर्तन नभएको बताउनुभयो ।संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी भइसकेको अवस्थामा राजपाको भूमिकाबारे सञ्चारकर्मीहरूको जिज्ञासामा प्रधानमन्त्री ओलीले केही दिनअघि एक्लै तथा सामूहिक भेटघाटमा सरकारमा सहभागी हुन आग्रह गरेको जनाउनुभयो ।

उहाँले आफूले संविधान संशोधनको ग्यारेन्टी नभएसम्म सरकारमा सहभागी हुन नसकिने जवाफ फर्काएको र त्यसपछि प्रधानमन्त्रीले आफूहरूसँग सरकारमा सहभागीताबारे कुनै छलफल नगरेको बताउनुभयो । नेकपा नेतृत्वको सरकारमा सहभागी भएपछि मधेशमा संघीय समाजवादी फोरम नेपालको आलोचना भइरहेका बेला ठाकुरले आफूलाई त्यस विषयमा कुनै जानकारी नरहेको र यस्तो कुरा पहिलोपटक सुनेको प्रतिक्रिया दिनुभयो ।

फोरम नेपाल सरकारमा सहभागी भए पनि प्रदेश नं २ को सरकारलाई आफ्नो पार्टीको समर्थन रहिरहने ठाकुरले स्पष्ट पार्नुभयो । ठाकुरले हिरासतमा रहेका आफ्ना पार्टीका सांसद रेशम चौधरीलाई प्रमाणपत्र दिई संसद्मा बस्ने वातावरण निर्माण गर्नसमेत सरकारसँग माग गर्नुभयो ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Lakpa Sherpa

    Najau Dhoti

    Comment Author

    Bishnu Shrestha

    ठाकुरजी अग्रिम बधाइ।बिचार सुध्रिरकोमा।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?