३ दिनमा काठमाडौँ उपत्यकामा कोरोनो संक्रमितको संख्या २५ प्रतिशतले बृद्धि

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ३०, २०७७
|
|
३९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ उपत्यकामा बिहीबार कोरोनाभाइरसका १२७ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
  • काठमाडौँ उपत्यकामा पछिल्लो तीन दिनयता लगातार एक सय जनाभन्दा बढी नयाँ सङ्क्रमित थपिएका हुन ।
  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा १११, ललितपुरमा ११ र भक्तपुरमा पाँच जना गरी पछिल्लो चौबीस घण्टामा काठमाडौँ उपत्यकामा १२७ जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकामा बिहीबार कोरोनाभाइरसका १२७ जना नयाँ सङ्क्रमित थपिएका छन् । काठमाडौँ उपत्यकामा पछिल्लो तीन दिनयता लगातार एक सय जनाभन्दा बढी नयाँ सङ्क्रमित थपिएका हुन ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा १११, ललितपुरमा ११ र भक्तपुरमा पाँच जना गरी पछिल्लो चौबीस घण्टामा काठमाडौँ उपत्यकामा १२७ जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो । बिहीबार देशैभरि ५२५ जना नयाँ सङ्क्रमितको पुष्टि भएका थिए ।

पछिल्लो तीन दिनमा मात्रै काठमाडौँ उपत्यकामा ३९९ जना सङ्क्रमित फेला परेका छन् । काठमाडौँमा बुधबार १३८ र मङ्गलबार १३४ जनामा सङ्क्रमणको पुष्टि भएको थियो । बुधबार देशैभरि ४८४ र मङ्गलबार ६३८ जना सङ्क्रमित फेला परेको थियो । मन्त्रालयका अनुसार पछिल्लो तीन दिनमा काठमाडौँ उपत्यकासहित देशैभरि एक हजार ६४७ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । जसमध्ये तीन सय ९९ जना काठमाडौँ उपत्यकाका छन् । काठमाडौँ उपत्यकामा तीन दिनमा पुष्टि भएका सङ्क्रमित देशैभरिमा सङ्क्रमण पुष्टि भएकाहरूको २४।२२ प्रतिशत हो ।

गृह मन्त्रालयले काठमाडौँसहित देशैभरि बढ्दो सङ्क्रमणलाई लिएर आवागमन बन्द गर्ने निर्णय गरिसकेको छ । परिणामस्वरुप सार्वजनिक यातायात बन्द गरिएको छ । ७७ वटै जिल्लालाई सबारी पास जारी नगर्न निर्देशन दिइएको छ ।

सरकारी कार्यालयहरूमा ‘वर्क फ्रम होम’को अवधारणा ल्याइएको छ । अधिकांश सरकारी कार्यालयहरूले कार्यालयमा उपस्थित भई काम गर्नुपर्ने कर्मचारीको सङ्ख्यामा कटौती गरेको छ । जसले गर्दा काठमाडौँ शहरको मुख्य बजार स्थलमा चहलपहल कम देखिएको छ । काठमाडौँ उपत्यकामा बढ्दो सङ्क्रमणका बीच मुख्य बजार क्षेत्रका पसलहरू समेत स्वतः स्फूर्त बन्द गरिएका छन् ।

काठमाडौँमा पछिल्लो तीन दिनमा पुष्टि भएको सङ्क्रमित देशैभरि पुष्टि भएको तीन दिनको सङ्क्रमितको करिब २५ प्रतिशत हो यो समाचार आजको गोरखापत्रले छापेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्यमन्त्री शाही बेल्चा लिएर फोहर सोहर्न निस्किएपछि…
मुख्यमन्त्री शाही बेल्चा लिएर फोहर सोहर्न निस्किएपछि…
नेपाल रेडक्रस सोसाइटीद्वारा तीसवटा एम्बुलेन्स हस्तान्तरण
नेपाल रेडक्रस सोसाइटीद्वारा तीसवटा एम्बुलेन्स हस्तान्तरण
अचानक मौसम बिग्रँदा सगरमाथाको तिब्बततर्फको क्षेत्रमा फसे सयौँ पर्यटक, उद्धारकार्य जारी
अचानक मौसम बिग्रँदा सगरमाथाको तिब्बततर्फको क्षेत्रमा फसे सयौँ पर्यटक, उद्धारकार्य जारी
माधव नेपाल पक्षको राष्ट्रिय भेला प्रचण्डको निर्देशन र होमवर्कबमोजिमको रमिता हो : थापा
माधव नेपाल पक्षको राष्ट्रिय भेला प्रचण्डको निर्देशन र होमवर्कबमोजिमको रमिता हो : थापा
पृथ्वीसुब्बा गुरुङ लमजुङ ‘ख’बाट भारी मतान्तरले विजयी
पृथ्वीसुब्बा गुरुङ लमजुङ ‘ख’बाट भारी मतान्तरले विजयी
  नारायणगढ–मुग्लिन सडक आज र भोलि दिउँसो खुला रहने
  नारायणगढ–मुग्लिन सडक आज र भोलि दिउँसो खुला रहने
पानी परेपछि सलहको जोखिम कम हुने
पानी परेपछि सलहको जोखिम कम हुने
शनिबारको मौसमः तराईमा हुस्सु र  हिमाली भेगमा हिमपातकाे सम्भावना
शनिबारको मौसमः तराईमा हुस्सु र हिमाली भेगमा हिमपातकाे सम्भावना
रौतहटमा सुत्केरी बोकेको गाडी खोलामा खस्यो, छ जनाको मृत्यु
स्थानिय तहमा सिसिटिभि क्यामराको निगरानी
स्थानिय तहमा सिसिटिभि क्यामराको निगरानी

तपाईंले छुटाउनुभयो कि?