मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ३०, २०८०
|
|
३४ पटक हेरिएको
Shares
मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

सारांश

  • जनकपुरधाम ।
  • मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत प्राप्त गरेका छन् ।
  • आज मंगलबार बसेको प्रदेशसभामा उपस्थित भएका १०३ सांसदको समर्थनसहित मुख्यमन्त्री यादवले विश्वासको मत पाएका हुन् भने विपक्षमा शून्य मत खसेको थियो ।

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत प्राप्त गरेका छन् ।

आज मंगलबार बसेको प्रदेशसभामा उपस्थित भएका १०३ सांसदको समर्थनसहित मुख्यमन्त्री यादवले विश्वासको मत पाएका हुन् भने विपक्षमा शून्य मत खसेको थियो ।

जेठ १ गते सरकारबाट बाहिरिएको एमालेले सर्मथन फिर्ता लिएको थियो । सोही कारण २९ दिनपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रस्ताव मंगलबार प्रदेश सभामा पेस गरेका थिए । उनले आफ्नो कार्यकालमा दोस्रोपटक विश्वासका मत लिएका छन् ।

त्यस्तै, बैठकमा नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला देवी सिंह र स्वतन्त्र सांसद केशव राय अनुपस्थित थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?